रामेछाप काँग्रेस उपसभापति कार्की पार्टीको प्रदेश प्रशिक्षण विभाग सदस्यमा मनोनीत

| असार १९, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

१९ असार, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की काँग्रेस बागमती प्रदेशको प्रशिक्षण विभाग सदस्यमा मनोनीत भएका छन् । 

 

सोमबार काँग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम नेपाली काँग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको प्रमुखमा प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जनलाई तोकेका हुन् । 

 

सोही प्रशिक्षण विभागमा रामेछापबाट उपसभापति कार्की सदस्यमा मनोनीत भएका हुन् । 

 

त्यस्तै सभापति बानियाँले पार्टीको काठमाडौँका इन्दिरा चौलागाईलाई प्रदेश कार्यसमिति सदस्यमा मनोनीत गर्दै १२ जिल्लाका पार्टी उपसभातिहरुलाई प्रशिक्षण विभावको सदस्यमा मनोनीत गरेका हुन् ।