अब १० वर्ष यो देश नेपाली काँग्रेसले चलाउनु पर्छ अनि विकास र समृद्ध हुन्छ –काफ्ले (भिडिओ)
७ साउन,रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नेपाली काँग्रेसले १० वर्ष देश चलाउने हो भने समृद्ध र विकसित बनाउने दाबी गरेका छन् । उनले विगतको इतिहास र संविधानको मर्म काँग्रेसले मात्रै बुझ्ने भएकाले देश काँग्रेसले चलाउनु पर्ने तर्क गरे । काँग्रेसले आफ्ना सबै गतिविधि जनता सामु स्पष्ट देखाउने पार्टी रहेको दाबी गर्दै जनतालाई न झुकाउने र सबै जानकारी स्पष्ट जनतासामु राख्ने पार्टी भएको जिकिर गरे । काँग्रेसले देशको विकास गरी रहेको जिकिर गर्दै अब पनि काँग्रेसले मात्रै देशलाई समृद्ध पार्ने उनको भनाई छ ।
काँग्रेसले गर्ने कुनै पनि काम अँध्यारोमा कोठाभित्र हुँदैनन् । जनता सामु छर्लङ्ग देखाउने पार्टी काँग्रेस हो’ केन्द्रीय सदस्य काफ्लेले भने ‘तपाईँहरूले देख्नु भएको छ । केन्द्रीय समिति बैठकमा कुन नेताले के भन्दै छ, तपाईँहरूले सुन्नु भएको छ । फुटबल जस्तै लाइभ देख्नु भएको छ । त्यस्तो पार्टी काँग्रेस हो । त्यो पार्टीको भातृ संस्थामा लाग्नु तपाईँको भविष्य उज्यालो छ’ रामेछापको मन्थलीमा मन्थली माविको (सिटिभिटी) (नेविसंघ) इकाईले आयोजना गरेको फुटबल प्रतियोगितालाई सम्बोधन गर्दै भने ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाईको आयोजनामा सुरु भएको मन्थली नगर स्तरीय अन्तर मावि पुरुष फुटबल प्रतियोगिताका प्रमुख अतिथि काफ्लेले केन्द्रमा पार्टीको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गरेर जनतालाई पार्टीमा भएका गतिविधि बारे स्पष्ट बुझ्ने बाटो बनाइदिएको दाबी गरेका हुन् । पूर्व नेविसंघका नेता काफ्लेले भने ‘फुटबलमा ‘फल’ हान्नेलाई तत्काल कारबाही हुन्छ । रेड कार्ड, एल्लो कार्ड पाइन्छ । अफ्साइड् खेल्नेलाई कारबाही हुन्छ । त्यस्तै काँग्रेसले पनि सबै जनतालाई प्रस्ट ढङ्गेले प्रस्तुत गर्छ ।’
नेपाल रेमिट्यान्सले चलिरहेको देश भन्दै यस्तो गरी युवाहरू बिदेसिने र स्वदेश नफर्किने हो कस्तो हुनु हो भन्दै चिन्ता व्यक्त गरे । त्यसको लागि नेविसंघले आवाज उठाउनु पर्नेमा जोड् दिए ।
बागमती प्रदेशका सांसद समेत रहेका नेता काफ्लेले देशका हरेक क्षेत्रमा भ्रष्टाचार, व्यथिति बढेको भन्दै भने ‘आफ्ना नाउँमा, नाताको नाउँमा, धर्मका नाउँमा, जातका नाउँमा, पार्टीका नाउँमा,नातागोता नाउँमा ‘प्रभिलिएस’ पाउने कुराको अन्त्य गर्नु पर्छ भने ।
उनले योग्यता र क्षमता आधारमा काम पाउने अवस्था सिर्जना गर्ने वातावरण तयार गर्नु पर्ने उनले जोड् दिए । उनले त्रिभुवन विमान स्थलबाट बाहिरिएको सुन काण्डबारे बोल्दै १०० किलो सुन छिरेपछि थाहा हुन्छ भने ।
भिडिओ हेर्नुहोस्