अन्ततः एमालेमै फर्किए एकिकृत समाजवादी रामेछापका अध्यक्ष रमेश कुमार बस्नेत

| साउन ७, २०८० आइतबार

A A A
A A A

७ साउन, रामेछाप । अन्ततः नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष रमेश कुमार बस्नेत नेकपा एमाले प्रवेश गरेका छन् । 

 

आज आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा मन्थलीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल लगायत केन्द्रीय नेतासहित जिल्लाका नेता कार्यकर्ताकारबिच  बस्नेतलाई महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । 

मन्थली नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका बस्नेत जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत भइसकेका नेता हुन् ।