भोलिदेखि काँग्रेसको ‘विशेष आन्तरिक अभियान’ : रामेछाप प्रदेश सभा ‘क’ मा कुमार दुलाल प्रदेश प्रतिनिधि

१९ साउन, रामेछाप । नेपाली काँग्रेसले ७७ वटै जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा गर्ने ‘विशेष आन्तरिक अभियान’ मा प्रदेश सभा ‘क’ को लागि पार्टी प्रदेश सदस्य कुमार दुलाललाई प्रतिनिधि खटाएको छ ।
गत साउन २ देखि १० गते सम्म बसेको पार्टी केन्द्रीय समिति बैठकले नेपाली काँग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि भोलि शनिवार (२० देखि ३०) सम्म ‘विशेष आन्तरिक अभियान’ चलाउने निर्णय गरेको थियो ।
सो अभियानलाई प्रभावकारी र सफल बनाउन भन्दै पार्टी प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सदस्य दुलाललाई रामेछाप जिल्लाको प्रदेश सभा (क) को लागि प्रदेश प्रतिनिधिको जिम्मेवारी तोकेका हुन् ।
यसरी जिम्मेवारीमा खटिएकाहरूले केन्द्रीय र प्रदेश प्रतिनिधि तथा जिल्ला सभापतिसँग समन्वय गरी सम्बन्धित क्षेत्रमा रही जिम्मेवारी पूरा गरिसके पश्चात् लिखित प्रतिवेदन प्रदेश कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।
पत्र हेर्नुहोस्