नारीवादबारे एक चर्चा !

| साउन २१, २०८० आइतबार

A A A
A A A

नेपालमा नारीवाद आन्दोलन विश्व नारीवाद आन्दोलनको प्रभाव भई राजपरिवार, राजनीतिक दलका घराना, सामाजिक अभियन्ता आदिको घरबाट उठान भएको हो । २००७ सालको राणा शासन फालेर प्रजातन्त्र ल्याउने कदम वा २०४६ सालको प्रजातन्त्र पुनर्बहालीको आन्दोलन वा विक्रम सम्बत २०६३ सालको अप्रिल (वैशाख) महिनामा भएको ऐतिहासिक गणतान्त्रिक आन्दोलन तथा मधेसी, आदिवासी, जनजाति समुदायले गरेको अधिकारका आन्दाेलनहरूमा महिलाले बिस्तारै आफ्नो सहभागिता बढाएका छन् ।अपितु शहादत (Life sacrifice) पनि प्राप्त गरेका छन् ।

 

जसकारण नेपालमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको निर्माण सम्भव भएको हो । विद्यालय, विश्वविद्यालय तथा सञ्चारजगतमा अध्ययन, विश्लेषण र उच्चतम व्यवहारिक प्रयोग र चेतनाले नै नेपालको शहर-गाउँ, धनी, मध्यमवर्गीय परिवार, गरिब, सामान्य महिला आदिको विकास सम्भव छ । आजकाे सहर तथा शक्तिशाली परिवारमा सीमित नारीवादको प्रभाव सहर देखि गाउँ सम्म समानताको हक उपभोग गर्न पुरुषसँग वेैमनस्यता नगरीकन पनि सम्भव छ देखाउनु यस लेखकाे मुख्य उद्देश्य हो ।

 

 

लिङ्ग तथा जेन्डरबीच फरक

क्रिटिकल थ्याेरी टुडे (Critical Theory Today), Routledge प्रकाशन न्यूयाेर्क, पुस्तकका अमेरिकी महिला लेखक लाेईस टाईसन (Lois Tyson) का अनुसार नारीवाद समालोचनाले कुनै साहित्यिक तथा सांस्कृतिक सामाग्रीभित्र महिलामाथि आर्थिक, सामाजिक, राजनैतिक तथा मनोवैज्ञानिक तरिकाले कसरी विभेद गरिएको छ । त्यसबारे व्यापक अध्ययन गरिन्छ (सन् २००६: ८३) ।

टाईसनका अनुसार समाजले पुलिङ्गत्व (Masculinity) र स्त्रीत्व (Femininity) बारे समाजले बनाएको धारणा जेन्डर (Gender) ले चिकित्सा पेसा, प्राध्यापन पद्धति, कानुन, हामीले बोकिरहेको सांस्कृतिक धारणा तथा जागिर खाने व्यावसायिक परिभाषाहरूले मनुष्यलाई व्यक्तिगत रूपमा निश्चित अवधारणा बनाएर कसैलाई महिला, पुरुष वा अन्य लिङ्गी भनेर फरक व्यवहारका कारणले सोच बनाउँछ जुन नारीवाद भन्दा अलि पर जेन्डर अध्ययन हो ।

यदि कोही कसैले Woman and Gender Studies पढ्छ भने उसको कार्य भनेकै जेन्डर अर्थात् समाजनिर्मित विभिन्न परिभाषाहरू तथा महिलामाथि हुने पुरूषप्रधान सोचले हुने विभेदहरू बिच सहअस्तित्व पत्ता लगाउने हो (पृष्ठ १०८) ।

अर्थात्, जहाँ जेन्डर भनेको समाजबाट तथा सांस्कृतिक सोच निर्मित सोच हो (महिला यस्तो हुनुपर्छ/पुरुष यस्तो हुनुपर्छ आदि) भने लिङ्ग अर्थात् (Sex) जैविक निर्माण (Biological creation) हो कि कोही कस्तो शारीरिक अङ्ग लिएर जन्मे । तर पहिला मानिस जन्मिने हो अनि समाजले शारीरिक, भाषिक, पहिरन लगायतका सांस्कृतिक विशेषणहरू मानिसमा भिडाउने हो तसर्थ, पहिला लिङ्ग आउँछ अनि पछि जेन्डर ।

कहिले र कहाँबाट गर्ने नारीवादी अध्ययन ?

हामीले यसबारे फरक उत्तर पाउन सक्छौँ । किनकि हामी नेपाल-भारतमा अर्थात्, पूर्वीय दर्शन (Eastern philosophy) मा लेखिएका साहित्य तथा विभिन्न धार्मिक स्क्रिप्चर अर्थात् हरफहरू पढेर माथिको उपशीर्षकको उत्तर खाेज्दैछाैं कि हामी यसको विपरीतपश्चिमी दर्शन अर्थात्, सात समुद्रपारि पश्चिमा दर्शन (Western philosophy) मा आधारित बेलायत वा अमेरिकी पुस्तकहरू पढेर उत्तर खाेज्दैछाैं ।

यसपछि लेखेर संसारमा राख्ने डकुमेन्टेशन जुन संसारभरका विश्वविद्यालयहरूमा प्राय: हरेक विषयमा जुन पढाइन्छ, त्यस पश्चिमा डकुमेन्टेड सामाग्री अनुसार, जस्तै लाेईस टाईसाेनलाई आधार मान्ने हो भने प्राय: वादहरू द्वितीय विश्वयुद्ध (World War II) पछि खासगरी जब कार्ल मार्क्सको मार्क्सवाद सिद्धान्त दोस्रो विश्वयुद्ध पछि मानिसको लागि चिन्तनको विषय बन्यो, अनि यसै मार्क्सवादी सिद्धान्त (Marxist Theory) न केवल नारीवादी सिद्धान्तको आधार बन्यो अपितु धेरै अधिकारवादी आन्दाेलनहरूकाे पनि जननी राजनैतिक चेत फैलाउने दृष्टिले बन्न पुग्यो जुन प्रत्यक्ष सन् १९६० को दशक र सो पछि मानिन्छ । हुन त नारीवादी साहित्य मार्क्सवादी सिद्धान्तका अतिरिक्त ज्याक्सन डेरिडा (Jacques Derrida), ल्युस् ईरिगेरे (Luce Irigaray) तथा जियाेफ्रे हार्टमन् (Geoffrey Hartman) का विनिर्माण सिद्धान्त (Deconstruction theory) तथा सिग्मन्ड फ्राईड् (Sigmund Freud) र ज्याक्सन लकाँ (Jacques Lacan) हरूको मनोविश्लेषणात्मक सिद्धान्त (Psychoanalytic criticism) माथि पनि आश्रित छ । अर्थात्, यी सिद्धान्तहरूकाे अध्ययनविना नारीवादलाई बुझ्नै सकिँदन । 

 

भनिन्थ्यो भने पुरुषले जे गरे पनि नबोल्नेलाई “राम्री केटी Good girl” भनिन्थ्यो । “राम्री केटी” चाहिँ “घरकी परी Angel in the house” कहलाउँथिन् ।

 

यसको अर्थ सन् १९६० को दशक वा महारानी भिक्टोरियाको शासनकाल अघि नारीवादमा आधारित पुस्तक (Texts) वा साहित्य नै लेखिँदैनथ्यो भन्ने होइन किनकि बेलायतमा महारानी भिक्टोरियाको शासनकालमा (Victorian Era) महिलाहरू जर्ज एलियट (George Eliot) हरूले नाम बद्लेर छद्म नाममा (Pseudonym) नारीमाथि पुरुषबाट हुने विभेदमाथि लेख्थे । 

 

सन् १९६० को दशक भनेेकाे चेतनायुक्त भई नारीवादमाथि सङ्गठित औपचारिक अध्ययनको मार्क्सवाद र मनोविज्ञानवादमा रहेर गरिएको महाअभियान ! टाईसनका अनुसार त्यति बेला पनि महिलामाथि पुरुष विभेद सोच (Ideology), भाषिक (Lingusitic), सांस्कृतिक (Cultural), आर्थिक (Economic), राजनीतिक (Political) तथा मनोवैज्ञानिक (Psychological) लगायत विभिन्न रूपमा हुन्थे । तदनुसार महिलाई आफ्नो पकड वा कब्जा (Grip) मा पारिराख्न समाजले विभिन्न शब्दावली तथा वाक्यांशहरू कृत्रिम ढङ्गले समाजमा निर्माण गरेर चलनचल्तीमा ल्याएको देखिन्छ । जुन महिलाको अधिकार कटाैतीमात्र गर्ने नभई उनको घर परिवारमा भूमिका न्यून गर्ने, थिचोमिचो गर्ने, अपमनन गर्ने, पुरुष मान्छेसँग प्रतिउत्तर गर्न बन्देज लगाउने, भय त्रास देखाउँछन् ।

उदाहरणका लागि दिमाग लगाउने र गलतलाई गलत तथा सहिलाई सही छुटाउन सक्नेलाई “खराब केटी Bad girl” भनिन्थ्यो भने पुरुषले जे गरे पनि नबोल्नेलाई “राम्री केटी Good girl” भनिन्थ्यो । “राम्री केटी” चाहिँ “घरकी परी Angel in the house” कहलाउँथिन् । जो आफ्ना सबै इच्छा दबाएर, सबै अपमान सहेर बस्ने “Modest” पुरुषको लागि बन्थिन् । 

 

यतिसम्म कि पहिला कतिसम्म विभेद भिक्टाेरियनकालसम्म देखिन्थ्यो भने महिला कोही धेरै परपुरुषसँग शारीरिक सम्बन्ध राख्थिन् भने अपमानजनक शब्द “स्लट Slut” भनिन्थ्यो । तर त्यहीँ उस्तै अमर्यादित दुष्कर्म गर्ने पुरुषलाई भने आदर सूचक बनाएर “स्टड् Stud” भनिन्थ्यो ! त्यसैले टाईसन लेख्छिन् कि आज जुन सहर बजारमा हामी कोही महिला वा केटीको छोटो लुगा, हाई हील्स (High heels), टाईट स्कर्ट (Tight skirt) हरू हामी देख्छौँ, त्यो भिक्टाेरियनकाल सम्म पहिलादेखि पुरुषहरूले गर्दै आएका सदियौँदेखिको साङ्केतिक विद्रोह हो (पृष्ठ ९१) ।

 

किनकि न साक्षरता व्यापक थियो, न लेख्ने समय वा इजाजत ! त्यसैले उच्च घरानाका महिलाले नै विभिन्न पार्टीहरूमा मनोरञ्जन गर्नलाई वा साैख पूरा गर्नलाई नारी साहित्य सिर्जना गरे । 

नारीवादका केही नाम तथा प्रयोगहरू

कोही लिङ्ग, जात, समूह आदिले कसैबाट आफूमाथि अन्याय भइरहेको महसुस गर्छ भने ऊ आवाज उठाउँछ र धेरै मान्छे उक्त अभियानमा जोडिन पुग्छ । त्यो सामूहिक आवाज राज्य, विश्वविद्यालयद्वारा सुनिन्छ अर्थात्, “वाद -ism” बन्न जान्छ । जस्तै आज मधेसमै मदेशवाद त्यहाँका मान्छेको पीडा, संस्कृति, मौलिकपनको अभियान (Madheshism) को रूप त्यहाँको पहिचानकाे व्यापक दायराभित्र स्थापित हुँदै छ मात्र हैन मधेश प्रदेश नै नामाकरण भइसक्यो । यो बेग्लै कुरा हो कि कोही अभियन्ता मधेश र मधेशीकै अधिकारबाट उदाएर अब “मदेशवाद” छैन भन्छन्त । तर अध्ययनले यस गलत तर्कलाई नकार्छ किनकि नामाकरणसमेत “मधेश प्रदेश” भइसक्यो ।

 

नारीवादी (Feminist) साहित्य कथा, कविता आधुनिक युगमा युरोपमा राज्यकाे संरचनामा उच्च पदमा रहेका, आर्थिकरूपले सम्पन्नहरूको घर, परिवारमा पुरुष मान्छेको विशेष छुट् वा “कृपा”मा उत्पत्ति भएको मानिन्छ । किनकि निमुखा, गरिब, मजदुर, राज्य संरचनाको शक्तिशाली पदमा नरहेका निर्बलको घरमा रहेका महिलाले लेखनमा आउनु कल्पना पनि गरिंदैनथ्याे । किनकि न साक्षरता व्यापक थियो, न लेख्ने समय वा इजाजत ! त्यसैले उच्च घरानाका महिलाले नै विभिन्न पार्टीहरूमा मनोरञ्जन गर्नलाई वा साैख पूरा गर्नलाई नारी साहित्य सिर्जना गरे । त्यो उनीहरूका पुरुषलाई खुसी तुल्याउनलाई हुन्थ्यो र त्यस्तै लेखबाट बिस्तारै छपाई पनि हुन थाल्यो । पछि विभिन्न परिस्थितिमा संसारको विभिन्न क्षेत्रमा अन्य आयामसहित महिलाहरूले लेख्न थाले जसमा सबै समुदायका अलगअलग पुरुषबाट दमित, पीडित कथाहरू बाहिरिन थाले ।

यसै आधारमा संसारका नारीवादी लेखनका केही नामहरू पढ्न र सुन्न पाइन्छ । किनकि यो अन्त्यहीन हो कि भोलि कुन नयाँ रूपमा र संसारको कुन क्षेत्रमा नारीवादी लेखन प्रकट भई आउनेछ त्यो अनिश्चित छ । तसर्थ, बहु सांस्कृतिक नारीवाद (Multicultural feminism) को अवधारणा नै यही हो कि आजसम्म जे जति नारी लेखनले नारीप्रति पुरुषहरूबाट ज्यादती भौतिक वा मनोवैज्ञानिक वा आर्थिक तथा भाषिक रूपमा भए यदि तिनीहरूले पनि कोही महिलाको “कथा”लाई समेट्न सकेनन् भने उनले अब नयाँ धार बनाउने छिन् । प्रस्ट भन्नुपर्दा Multicultural feminism भनेको “European White Mainstream Feminism” का घेरालाई व्यापक बनाउनु हो ।

 

जस्तै, आज सम्मका सबै युरोपियन तथा युरोपियन मोडेलसँग प्रभावित (Anglo-European) नारीवादी आन्दोलन र त्यसबाट उत्पादित साहित्यिक उपलब्धि किताब (Volumes), श्वेत (White), मध्यमवर्गीय (Middle-class), विपरीत लिङ्गी नारीवादीहरू (Heterosexual feminist) लाई ध्यानमा राखेर मुख्य रूपमा White Mainstream Feminism हो । अर्थात्, युरोप देशका गोरा महिलाहरूले पहिला पीडा लेखे भने स्वाभाविक छ कि उनीहरूले आफ्ना भोगाइलाई मात्र लेखे ।

 

त्यस्तै आर्थिकरूपले मध्यमवर्गीय महिलाले आफ्नै परिवेशका लेखे भने शारीरिक रूपमा पुरुषको भन्दा ठिक उल्टो प्रजनन अङ्ग भएका तथा बच्चा पाउन सकिने महिलाले (Heterosexual feminism) केवल आफ्नै शरीरमाथि पुरुषका ज्यादतीबारे लेखे । तर यिनीहरूले अफ्रिका, एसियाका महिलाबारे लेखेनन् । अनि आर्थिकरूपले अति गरिब मजदुर, किसान, उद्योग, निजी व्यवसाय आदि ठाउँमा काम गर्ने महिलामाथि हुने पुरुष ज्यादतीबारे लेखेनन् । जो समलिङ्गी छन् वा, हेटेराेसेक्चुअल अर्थात् सामान्य रूपमा विपरीत लिङ्गतर्फ आकर्षित हुने तथा बच्चा पाउन सक्ने तर शारीरिक रूपले अन्य भागमा अपाङ्गको बारे त्यस्तै लेस्बियन (Lesbian) महिलाको यौनिक अधिकार, पहिचान आदिबारे लेखेनन् । तसर्थ, बाँकीहरूले आ-आफ्ना पीडा छुट्टै लेख्न थाले र नारीवादी लेखनमा आयामहरू दिनप्रतिदिन थपिँदै छन् ।

पुरुषले नचाहे लेख्न पाउँदिनन् ।  पुरूषप्रधान समाजले पुरूषमात्रलाई बैठकको अध्यक्षता “क्षमता” देखे । विपरीत लिङ्गप्रति सामान्य आकर्षण हुने र बच्चा पाउन सक्ने, गोरो वर्णकी अमेरिकी, विद्यावारिधि डिग्री प्राप्त (Ph. D.) र सपरिवार पुरुषको लागि मायालु र ठिक श्रीमतीको रूपमा छिन् 

 

केही नाम चलेका नारीवादी साहित्यहरू अमेरिकी नारीवाद (American feminism) जसको उदाहरण स्वयं यस पुस्तको लेखक लाेईस टाईसन मध्यमवर्गीय, विपरीत लिङ्गप्रति सामान्य आकर्षण हुने र बच्चा पाउन सक्ने, गोरो वर्णकी अमेरिकी, विद्यावारिधि डिग्री प्राप्त (Ph. D.) र सपरिवार पुरुषको लागि मायालु र ठिक श्रीमतीको रूपमा छिन् । त्यस्तै, फ्रान्सेली नारीवाद (French Feminism) यस अमेरिकीभन्दा अलि पृथक् छ जसमा भौतिकवादी नारीवाद (French materialist feminism) र मनोवैज्ञानिक नारीवाद (French psychoanalytic feminism) गरी दुईटा रूपमा विकसित छन् । फ्रेन्च म्याटेरियलिस्ट फेमिनिज्मले पुरूषप्रधान परम्परागत शैली तथा देशका संस्था/निकायले कसरी भौतिक तथा आर्थिक अवस्थाहरू नियन्त्रण गरेर महिलामाथि दमन गर्छ सो बारे उजागर गर्छ ।

 

यस धारमा धेरै नाम चलेका फ्रान्सेली महिलाहरू छन् । जस्तै, सिमाेन डी विभु (Simone de Beauvoir) को सन् १९४९ मा प्रकाशित पुस्तक द सेकेन्ड सेक्स (The Second Sex) ले २ दशक बढीसम्म विचार राख्यो कि पुरुषले जे गर्न, लेख्न पनि स्वतन्त्र छन् भने महिलालाई भर पर्नुपर्ने (Dependent) छिन् अर्थात्, पुरुषले नचाहे लेख्न पाउँदिनन् (९६) । त्यस्तै अर्को यस धारका लेखक क्रिष्टिना डेल्फी (Christine Delphy) जिसले सन् १९७० को दशकमा फ्रेन्च म्याटेरियलिस्ट शब्द निर्माण गरिन् र विवाहलाई श्रम-सम्झौता (Labour contract) को रूपमा व्याख्या गरिन् (९८) भने यसै धारका काेलेट्ट गुईलाउमिन् (Colette Guilaumin) ले भने महिलाको समय र शरीरलाई पुरुषले आफ्नो “सम्पत्ति” ठान्छन् र जसरी जुनबेलापनि प्रयोग गर्ने आफ्नो अधिकार सम्झन्छन् (१००) । 

उता फ्रेन्च मनोवैज्ञानिक नारीवाद (French psychological feminism) ले म्याटेरियलिस्ट फेमिनिस्टभन्दा विपरीत अध्ययन गर्छ जुन महिलाको देखिने भौतिकभन्दा पनि अदृष्ट मनोवैज्ञानिक अनुभव तथा उनका काल्पनिक साहित्यिक सिर्जनाको कुरा गर्छ । यसका अगडीयाहरू हेलेन सिक्जाेअस (Helen Cixous), लिउस् ईरिगेरे (Luce Irigaray) तथा जुलिया क्रिस्टेभा (Julia Kristeva) लगायतहरू छन् । सिक्जाेअसले हामीले बोल्ने भाषा पितृसत्तात्मकता हो तसर्थ महिलाले आफ्नो अस्तित्व देखाउन आफ्नै भाषा (ecriture feminine, feminine writing, parler femme, womaspeak, langue maternelle) हुनुपर्छ भनिन् । 

 

जस्तै, पुरूषप्रधान समाजले पुरूषमात्रलाई बैठकको अध्यक्षता “क्षमता” देखेकोले Chairman शब्द निर्माण गरेका तर महिलामा पनि त्यो क्षमता छ र उनी पनि बैठकको अध्यक्षता गरिरहेकी छिन् भने त्यो शब्द Chairman ले नसमेट्ने भएकोले अब Chairwoman पनि नलेखेर Chairperson वा Chair मात्र सम्बोधन गरौँ ।

 

माथिका सबै शब्दावली उही नयाँ भाषालाई उनले दिएका नामहरू छन् । सिक्जाेअसका पुस्तक The Laugh of Medusa प्रसिद्ध छ । त्यस्तै, ईरिगेरेले के भन्छिन् भने पुरूषप्रधान संस्कारले महिलाको मनाेवैज्ञानिकरूपमा सोच र दिमागलाई पुस्तौँदेखि भाषामार्फत थिचेको छ र यस्ता महिलाले थाहै नपाईकन आफूले सिकाइएकै जस्तो गरी छोरीलाई पनि पुरुषकै सोचमा “योग्य” बनाउन परम्परागत कुराहरू नै सिकाउँछन् किनकि उनी अचेत (Unaware) छिन् कि म महिला आफै पनि पृथक् अस्तित्वको र प्रकृति र ईश्वर को अगाडि समान प्राणी पुरुष जतिकै हुँ ! उनको यो तर्क लेखनमा हुन्छ कि महिलालाई पराया (Othering) पुरुषले मनभित्र नै ठानेका रहेछन् । यस समूहकी अर्की विश्व प्रसिद्ध विचारक तथा लेखक क्रस्टेभा हुन्ज । जसले यी सबैको जड पुरूषप्रधान भाषा हो भन्छिन् ।

 

उनले महाभारत” कि पात्र द्रौपदी तथा आधुनिक इतिहासमा झाँकीकी रानीको उदाहरण दिँदै महिलालाई घरमा सीमित रहने सांस्कृतिक परम्परागत बुझाइमा अब उनीहरू विद्रोह र स्वतन्त्रताका प्रतीक पनि हुन् भन्छन् ।

 

उनले परम्परागत बोलिने भाषाभन्दा (पृष्ठ १०१) अब भाषामा लुकेका ईन्टाेनेशन, इसारा (Signs) आदिद्वारा नयाँ अलग किसिमले अर्थ निकाल्ने कुरामा जोड दिन्छिन् र भन्छिन् कि हामीले सानो बालकलाई जे सिकाइन्छ त्यही बोलेझैँ हामीले पुरुषवादी भाषालाई किन पुस्ता-दर-पुस्ता ढुवानी गर्ने तसर्थ, साङ्केतिक भाषा (Semiotic use) मा जोड दिन्छिन् ।

 

जेन्डर अध्ययनबारे त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागबाट अवकाशप्राप्त प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीको नाम नेपालमा महिला अधिकार प्राप्तिका गतिविधिमा लेखन र साहित्यतर्फबाट आउँछ । किनकि उनका विद्वत प्राज्ञिक चिन्तन बैठकहरूबाट निस्केका विचारहरू धेरै त्यसमा सामेल महिला लेखकहरूलाई प्रभावित गरिरहेका उनीहरूका साहित्यमा पत्रपत्रिकामार्फत पढ्न पाइन्छ ।

प्राध्यापक उप्रेतीका अक्षर क्रिएशन प्रकाशनको नेपाली भाषामा सन् २०१२ मा लेखिएर सोही वर्षमा चौथो संस्करण समेत प्रकाशन भई धेरै प्रति विक्रीमा रहेको पुस्तक सिद्धान्तका कुरा सर्जक, अनुसन्धानकर्ता, शिक्षक-विद्यार्थी जो कोहीको लागि पनि अति सरल भाषामा बुझ्नलाई पढ्ने हो । उक्त पुस्तकको जेन्डर थ्याेरि यस नारीवादी अध्ययनलाई बुझ्न अझ सजिलो बनाउँछ । 

 

उप्रेतीका मुख्य धारणा यस्ता देखिन्छन् । उनका अनुसार भारतीय लेखक पार्था चटर्जी (Partha Chatterjee) लेख्छिन् कि पुरुषको सोच नै राष्ट्रिय सोच बन्न पुग्छ जसमा पुरुषलाई बाहिरिया “Out world” को तथा महिलालाई भित्रिया “House culture or Insider” को रूपमा बुझ्छन् र पुरुषले महिलालाई बाह्य आक्रमणबाट जोगाउँछ भन्ने सोच अङ्ग्रेजबाट भारतको स्वतन्त्रता/आजादी (Postcolonial period) कालमा महिलाहरू पनि स्वयं युद्ध लडेकोबाट खण्डित हुन्छ, अर्थात् महिलाले आफ्नो लडाइँ पुरूषजति आफैँ लड्न सक्छन् । उनले महाभारत” कि पात्र द्रौपदी तथा आधुनिक इतिहासमा झाँकीकी रानीको उदाहरण दिँदै महिलालाई घरमा सीमित रहने सांस्कृतिक परम्परागत बुझाइमा अब उनीहरू विद्रोह र स्वतन्त्रताका प्रतीक पनि हुन् भन्छन् ।

 

साथै, उप्रेती थप्छन् कि महिला माथि पाेस्टकाेलाेनियल कालखण्डमा औपनिवेशिक (Colonizer) का साथै घरमा पनि पुरुषहरूको दोहोरो थिचोमिचो सहन गर्नुपरेको एकप्रकारकाे सबाल्टर्न (Subaltern) को स्थिति थियो । मार्क्सवाद नारीवादी सिरिन रायको उदाहरण लिँदै उप्रेती लेख्छन् कि संसारमा महिलाको ५ प्रतिशत जमिन, १० प्रतिशत आम्दानी र सम्पत्तिको १ प्रतिशत मात्र अंश छ, बाँकी सम्पूर्णमा पुरुषको पकड छ ! सोच कतिसम्म पुरुष प्रधान समाजको गिरेको छ भने आज पनि घर बाहिर कार्यालयमा जाने महिलालाई चरित्रहीन (Characterless) बुझिन्छ । 

 

जुलिया क्रिस्टेभाकाे भनाई जोड्दै उप्रेती लेख्छन् कि पत्रकारिता, व्यवसाय, राजनीति तथा कानुनी पाशेसँग सम्बन्धित महिलाहरूलाई पुरुष प्रधान उनका प्रतिस्पर्धीले हेर्ने नजरीया भनेको “चरित्र हीनता” हो त्यसैले यी पेसाका महिलाहरूले आफ्ना प्रतिस्पर्धी पुरुष (Counter part) को अगाडि “महिलापन” देखाउन बाध्य पारिन्छ । जसकारण उनीहरू उच्चतम कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन् । क्रिस्टेभाले अफ्रिकातिर अश्वेत (Black/Negro) तिर अन्य भागबाट सांस्कृतिक नक्कल (Cultural immitation) यस क्षेत्रमा राजनैतिक र आर्थिक क्षेत्रमा झैँ गरिएको देखिन्छ ।

 

संक्षेपमा

यति नै नारीवादको अध्ययन, प्रणेता तथा पुस्तकहरू हैनन् । नारीवादी अध्ययन मानव समाज निर्माण भएको दिनदेखि आजसम्म हरेक समाजका महिलामाथि हुने शोषणको प्रकृति अनुसार फरक अध्ययन हो जुन सीमारहित (Endless) हो अर्थात्, आजकाे नारीवादका स्वरूपहरू भोलि अर्को कालखण्ड र अर्को समाजमा अलग हुन सक्छ । नेपालमा यी कुराहरू उच्च शिक्षामा अवश्य भारतमा झैँ अध्ययन गराइन्छ । तर नेपाल-भारत जस्ता विश्वको पूर्वी गाेलार्द्धकाे अध्ययन अलग्गै स्वादको हाम्रा त्रिपिटक, महाभारत, रामायण जस्ता धार्मिक स्क्रिप्चरहरूबाट नारीवादी अध्ययन गर्न सकिन्छ ।

किनकि मैँले समाजशास्त्र वा जेन्डर तथा वूमन स्टडीज वा साहित्य आदिको विद्यार्थी हुँ भनेर पुग्दैन । अपितु सबै सिद्धान्तहरू बुझेर कस्काे सिद्धान्तमा टेकेर लेख्ने हो,

 

आजकाे नेपालमा शहर र गाउँका महिलाका आर्थिक अवस्था धनी-गरिब, राजनीतिमा घरबाट हुने पहुँच, पहाडी - मधेशी सामाजिक परिवेशका महिलालाई दिइने पारिवारिक छुट आदिका आधारमा पृथक्-पृथक नारीवादका प्रयोग तथा अनुभवहरू छन् । अहिले महिलाको नाममा ३३ प्रतिशत अधिकार आरक्षित छ । जुन आफैँमा हास्यास्पद छ र त्यो पनि आर्थिक हैसियत बलियो भएको र राज्यसत्तामा तथा राजनैतिक उच्च घरानामा रहेका महिलाहरूले नै राज्यका ती संसदीय कोटा (Quota) दलहरूमा सीमित राखेका छन् । तसर्थ, नेपालमा महिला वा नारीवादी अध्ययन तथा सर्वसाधारण महिलाको अधिकारको लागि लामो संघर्ष, चेतना जगाउने काम आदि बाँकी छ भने महिलाले तत्काल आरक्षण सशक्तीकरणका लागि लिए पनि पछि सक्षमताको आधारमा शतप्रतिशतमै पनि उपभोग गर्ने मिहिनेत गर्नुपर्छ ।

उच्च शिक्षा हासिल गर्ने महिलाले केवल नारीवादमा म शोधपत्र (Thesis) लेख्न आएकी हुँ । किनकि मैँले समाजशास्त्र वा जेन्डर तथा वूमन स्टडीज वा साहित्य आदिको विद्यार्थी हुँ भनेर पुग्दैन । अपितु सबै सिद्धान्तहरू बुझेर कस्काे सिद्धान्तमा टेकेर लेख्ने हो, सो सिद्धान्तकर्ताहरूका कुरा आफ्ना विषयवस्तुसँग जाेड्नसक्नु पर्छ ।

 

त्यस्तै, सबै पुरूष महिलाका शत्रु हुँदैन । जस्तै कि प्राध्यापक सञ्जीव उप्रेतीका महिलामैत्री सकारात्मक सोच पढ्न पाइन्छ भने मेरो श्रीमानले मेरो काममा सहयोग गर्नुहुन्छ । अनि कोही पुरुषले मेरा लेखनलाई सम्पादन तथा प्रकाशनमा सहयोग गर्नुहुन्छ भने आमासँग सौभाग्यवश मेरो बुवापनि उत्प्रेरणा दिनुहुन्छ । तर नारीवादी पुरूष अभियन्ता तथा साहित्यकारहरूले अन्तर्राष्ट्रिय मर्यादा रेखा बाहिर गएर बोल्न र लेख्न पाउँदैनन् । ती हुन् स्त्रीमा हुने प्रजनन, महिनावारी तथा शारीरिक बनावटहरूबारे चर्चा वा लेखन गर्न नपाउने जुन केबल महिलाले गर्न पाउँछन् ।

समिन बरुवाल
| चैत १५, २०८० बिहिबार
समिन बरुवाल
| मंसिर १४, २०८० बिहिबार
रामेछाप टाइम्स
| मंसिर ९, २०८० शनिबार
समिन बरुवाल
| मंसिर ९, २०८० शनिबार