रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल रामेछाप सिजन–४’ को अडिसन मन्थलीमा सुरू

| असार १९, २०८१ मंगलबार

A A A
A A A

१८ असार, रामेछाप । किङ स्टार क्रियशन प्रा.लि. रामेछापले मन्थलीमा ‘मिस्टर एण्ड (&) मोडेल रामेछाप सिजन–५ र लिटिल मोडेल रामेछाप सिजन–४ को अडिसन सुरु गरेको छ । भव्य कार्यक्रम सहित साउनको १२ गते ग्राण्ड् फिनाले गर्ने तयारी भइरहेको आयोजकको भनाई छ ।

 

एक हप्ता अघि देखि मोडेल रामेछाप र लिटिल मोडेल रामेछापको अडिसन भएर काम अगाडि बढाइएको क्रियसनका सञ्चालक एवं सिइओ सुमन खड्काले बताए । 

 

सोमबार मन्थलीमा ‘रामेछाप मोडेल सिजन–४’ की ‘विनर’ सिता कार्की र ‘लिटिल मोडेल सिजन–३ की ‘विनर’ योआना तामाङसहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं आयोजक खड्काले कार्यक्रम भइरहेको जानकारी गराएका हुन् । 

 

उनले भने ‘केही दिन अगाडि अडिसन सकिएको छ । सिजन–५ को लागि ३ जना र लिटिल मोडेल एवं सिजन–४ का लागि १६ जना सहभागीहरू आउनु भएको छ ।’

 

यो वर्ष रामेछाप मोडेलको लागि सहभागीहरू कम आएको प्रष्ट पार्दै १४ देखि २९ वर्ष उमेर समूहका युवाहरू स्वदेशमा कम हुँदा पनि उपस्थिति कम भएको हुन सक्ने दाबी गरे । उनका अनुसार रामेछाप मोडलका लागि १४ देखि २९ वर्ष र लिटिल मोडेलका लागि ६ देखि १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने छन् । 

 

कार्यक्रममा सहभागी हुन इच्छुक भए अहिले पनि हुन पाइने बताउँदै प्रति व्यक्ति पाँच हजार शुल्क बुझाएपछि विभिन्न ड्रेस, तालिम उपलब्ध गराइने आयोजकको तयारी रहेको सुमनले बताएका हुन् ।

अडिसनमा सफल भएमा आफूहरूले एक महिना भरी उनीहरूलाई विभिन्न विषयमा तालिम एवं ‘ट्रेन’ गर्ने सुनाउँदै प्राविधिक गडबडी नभएमा आउँदो साउनको १२ गते ग्राण्ड फिनाले कार्यक्रम गर्ने तयारी अगाडि बढाइएको सिइओ खड्काले बताए । ‘प्राविधिक समस्या आएन भने साउन १२ गते हामी तीनलाल पार्कमा भव्य कार्यक्रमसहित फाइनल गर्छौँ ।’

 

जिल्लाका आठ वटै स्थानीय तहसँग आर्थिक सहयोग, समन्वय र सहकार्य रहने उक्त कार्यक्रममा बालबालिकाहरूको क्षमता विकास गर्न, बालबालिकाहरूलाई ‘मोटिभेट्’ गर्न र मोडलिङ, गीत सङ्गीतको क्षेत्रमा रुचि राख्नेहरूलाई विशेष फाइदा हुने सिइओ सुमनको दाबी छ ।  

२०१८ देखि निरन्तर हुँदै आएको यो कार्यक्रमका विजेताहरूले  ताज एवं क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद रुपैयाँ सहितका पुरस्कार पाउँदै आएका छन् । साथै पुरुष विजेताहरूले मोडलिङको अवसर समेत पाउने खड्काले बताए । 

 

‘बालबालिकाहरूको रुचि अनुसारको विभिन्न विधामा आधुनिकता मिसाएर (‘ट्रेन गरेर’) खान, हिँड्न, बोल्न सिकाउँछौँ’ एक महिनाको ट्रेनपछि फाइनल गर्ने हो’ सिइओ खड्काले दोहोर्‍याए । 

 

जिल्लाका सबै स्थानीय तहका तोकिएको उमेरका बालबालिका, युवा युवतीहरूले भाग लिन पाउने यो कार्यक्रममा सहभागीहरूले निकै राम्रो अवसर पाउने कार्यक्रमका संयोजक एवं व्यवस्थापक मोहन धमालेले बताए ।  

कन्चन कार्की
| भदौ २८, २०८१ शुक्रबार
समिन बरुवाल
| चैत १५, २०८० बिहिबार