मिलन घिमिरे Milan ghimirey

| बैशाख १९, २०८३ शनिबार

A A A
A A A

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १, गुम्देलमा माता सुन्तली रसाइली (कामी) र पिता भीमबहादुर कामी (घिमिरे) को जेठो सन्तानको रूपमा २०५५ साल असोज २६ गते जन्मिएका मिलन घिमिरे (बि क) हाल पत्रकारिता पेशामा सक्रिय छन् । २०७४ साल देखि विधिवत् पत्रकारिता क्षेत्रमा सक्रिय उनी मन्थलीबाट प्रसारण हुने रेडियो झंकार ९७.५ मेगाहर्जमा समाचार प्रमुख र कार्यक्रम निर्माताको रूपमा करिब ४ वर्ष कुशल रूपमा काम गरेको सञ्चारकर्मी समेत हुन् । त्यस्तै, जिल्लाबाट प्रसारित रेडियो रामेछापमा पनि करिब ९ महिना समाचार प्रमुखकै जिम्मेवारीमा रहेर कूल जिम्मेवारी निर्वाह गरी सकेका छन् । समाजमा रहेका व्याप्त विकृति र विसंगति विरुद्ध परिवर्तनको लागि आवाज बुलन्द गर्दै भ्रष्ट्राचार, कुशासन, अन्याय र अत्याचारको विरुद्ध खरो प्रश्न गर्दै रामेछापलाई संसार भर चिनाउने उद्देश्यले फोटो पत्रकारितालाई मुख्य केन्द्रमा राखेर आफ्ना कर्महरू अगाडि बढाउँदै आएका छन् । एक पटक निर्वाचन मार्फतै र १ पटक निर्विरोध नेपाल पत्रकार महासंघको कार्यसमिति सदस्यको जिम्मेवारीमा छन् । 

 

पत्रकारहरूको अधिकार र हितको लागि काम गर्दै आएको संस्था पत्रकार महासंघमा पनि उनी आफ्नो जिम्मेवारीमा कूशलता देखाउँदै आएका छन् । पत्रकारहरूको हक हितलाई अझ सशक्त रूपमा बोल्ने नेपाल प्रेस युनियन रामेछापको कोषाध्यक्षको जिम्मेवारीमा पनि उनी अब्बल छन् । 
 

 

रेडियो झंकारमा कार्यरत रहँदा रेडियो NRN मा जिल्ला संवाददाताको रूपमा जिम्मेवारी जिल्लाका विषयहरूलाई देशभर पुर्‍याउने भूमिका खेलका पत्रकार घिमिरे सो बेला देखि नै आफै सञ्चालक र सम्पादक रहेर सञ्चालन गर्ने गरी (www.ramechhaptimes.com) अनलाइन रामेछापका समस्या, गुनासा, जिज्ञासा, भ्रष्ट्राचार, कुशासन, अन्याय, अत्याचार र भएका राम्रा कामका विषयमा देशभर चर्चा परिचर्चा गराउने गरी सञ्चालन गर्दै आएका छन् । र, यो अनलाइन मार्फत उल्लेखित विषयलाई खरो र उद्देश्य अनरुप उठाउँदै आएका छन् । 

अनलाइनमा समाचार लेखेर गुम्देल देखि गौश्वार सम्म र रामेछापेलीले देश तथा विदेशमा समेत भोगेका समस्या, गुनासा, जिज्ञासा लगायत सफलतालाई समाचार मार्फत सार्वजनिक गर्दै जिल्लामा आफूलाई जनताको पत्रकार साबित गर्न सफल मिलन पछिल्लो समय रामेछापका ६४ वटा वडामा लुकेर रहेका धार्मिक, ऐतिहासिक ,पुरातात्त्विक र पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले फोटो पत्रकारितामा सक्रिय छन् । यसैको सफलतामा उनी एक हप्ते चीन भ्रमणमा समेत सफल भए । उनले चीनमा फोटो पत्रकारिताको अवस्था र त्यहावको विकास निर्माणको अनुभव सिक्ने अवसर बटुले ।

२०८० साल साउन ०६ गते राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल रामेछापको अध्यक्ष बनेका रामेछाप टाइम्सका सञ्चालक /प्र.सम्पादक घिमिरेले आफू अध्यक्ष बनेको २ वर्ष भित्रै राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल, जिल्ला शाखा रामेछापलाई देशभरकै उत्कृष्टको रूपमा अगाडि पुर्‍याउन सफल भए । फलस्वरूप घिमिरेलाई राष्ट्रिय फोटो पत्रकार समूह नेपाल केन्द्रले तत्कालीन खानेपानी मन्त्री प्रदीप कुमार यादवबाट सम्मानित गर्‍यो । रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक मन्थली पार्कमा ३० वटा रामेछाप चिनाउने फोटो प्रदर्शनी घिमिरेकै नेतृत्वमा सफल पारे । राष्ट्रिय फोटो पत्रकार समूहमा बलियो टिमको साथ समेत पाउन नसककेका घिमिरेले आफ्नै पहल र सक्रियतामा दोस्रो पटक मन्थलीमा विदेशी पर्यटकहरूको चहलपहल हुने स्थान फ्रिडम रिपोर्टमा फोटो प्रदर्शन गर्न सफल भए । उनलाई यसरी देशभर जिल्लाको नाम चम्काउन सफल भएको भन्दै रामेछाप नगरपालिकाले सम्मानित गर्‍यो भने जन आकाश साप्ताहिक पत्रिकाले समेत २०८१ सालमा रामेछापका सक्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गर्‍यो । जिल्लामा बेला बखत मानवअधिकार संचालको क्षेत्रमा समेत खरो रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका घिमिरे मानवअधिकार वादीहरूको विश्वभर रहेको संस्था एमनेस्टी इन्टरनेस्नल रामेछापको कार्यसमिति सदस्य समेत रहेका छन् । 
रामेछापका उत्पीडित समुदायको आवाजको रूपमा लामो समयदेखि आर्थिक र सामाजिक रूपमा सहयोग र सहकार्य गर्दै यहाँका गरिब, दुखिका समस्या समाधान केन्द्रित छन् ।
 

पत्रकारिताको माध्यमबाट यहाँ हुने भ्रष्टाचारको बारेमा लेखेर यस्ता काम गर्नेहरूलाई रोक्न भूमिका खेल्दै आएको सुशासन र समृद्ध रामेछाप निर्माणको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न प्रयासरत रहेका छन् । 

मिलन घिमिरे (बि क)
| जेठ २५, २०८२ शनिबार
जुनी मान्नधर
| जेठ ४, २०८२ शनिबार
जुनी मान्नधर
| फागुन २६, २०८१ सोमबार
कन्चन कार्की
| फागुन १४, २०८१ बुधबार
अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| माघ ३०, २०८१ बुधबार