गाउँमा एम्बुलेन्स नपाएर स्थानीय सास्ति खेप्दै, रेड्क्रश रामेछापको एम्बुलेन्स १ वर्षदेखि पाल मुनी (फोटो)

| साउन २३, २०८० मंगलबार

A A A
A A A

रामेछापका विभिन्न स्थानीय तहका वडाहरूमा बर्खा लागेसँगै यात्रु वाहक सवारी साधन नियमित पुग्न सकेका छैन । यही बेला आँखा पाक्ने सङ्क्रमण, दीर्घ रोग लगायत गाउँमा सजिलै उपचार सम्भव नहुने विभिन्न रोगबाट स्थानीयहरू पीडित बन्न पुगेका छन् । 

 

स्थानीय स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा उपचार नपाउँदा जिल्ला सदरमुकाम सहित काठमाडौँ धाउनु पर्ने बाध्यता छ । एकातिर सावरी साधन सजिलै र भनेको समयमा चल्न नसक्ने अवस्था छ । अर्को तिर स्थानीय वडा कार्यालय र स्वास्थ्य चौकीमा रहेका एम्बुलेन्सले पनि नपुगी रहेको अवस्था छ । बल्ल तल्ला पाए पनि चर्को भाडाको मार्कमा छन् । 

 

एउटै एम्बुलेन्स हुँदा सिन्डिकेट लागू भए जस्तै छ भाडामा ।  कतिपय वडामा त एम्बुलेन्स पनि छैनन् । भएका कतिपय वडाका पनि एम्बुलेन्स बिग्रिएर थन्किएको अवस्था छ । 

 

उदाहरणको लागि अवस्था रामेछाप नगरपालिकाकै गोठ गाउँ र साँघुटारमा छ । एम्बुलेन्स बिग्रिएर बनाउन ल्याएर थन्किएको लामो समय हुँदा सम्म धेरै खर्च लाग्ने भएपछि नबनाई राखिएको बुझिएको छ । जिल्लामा यस्ता दर्जनौँ समस्या छन् एम्बुलेन्सकै ।

 

त्यस्तै जिल्ला रेडक्रस रामेछापको यो तस्बिरमा देखिएको एम्बुलेन्स पनि जिल्ला सदरमुकाम मन्थली मै पाल मुनि थन्किएको १ वर्ष भन्दा बढी भयो । 

 

विगतमा एउटा मात्रै एम्बुलेन्स हुँदा मर्मत गर्दै चलाउँदै आएको यो एम्बुलेन्स अमेरिकन रेडक्रसले जिल्ला शाखा रामेछापलाई सुविधा सम्पन्न एम्बुलेन्स उपहार दिएपछि यो पाल मुनी थन्कियो । 

 

रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत उद्दब कार्की इन्जिन बिग्रिएको उक्त एम्बुलेन्स मर्मत गर्न खर्च धेरै लाग्ने भएकै कारण पाल मुनी थन्किएको बताउँछन् । मर्मत गरेर चलाउन नसक्ने स्थिति भएपछि पाल मुनि राखिएको उनको जवाफ छ । 

 

त्यो बेला करिब १०÷१५ वर्ष चलेर धेरैको ज्यान बचाएको बा १० च ४४४२ नम्बरको यो एम्बुलेन्स अहिले आफै नचल्ने अवस्थामा पुगेको हो ।