पार्टीको ‘विशेष आन्तरिक’ अभियान बारे छलफल गर्न रामेछाप काँग्रेसले डाक्यो बैठक

| साउन २३, २०८० मंगलबार

A A A
A A A

२३ साउन, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले पार्टीको ‘विशेष आन्तरिक’ अभियान बारेमा छलफल गर्न बैठक आह्वान गरेको छ । 

 

 

मंगलबार पार्टी सचिव दीपक खड्काले एक सूचना जारी गर्दै आउँदो २८ गते आइतबार बैठक डाकेका हुन् । 

 

 

पार्टी कार्यालय वि.पी. स्मृति भवन मन्थलीमा बस्ने बैठकमा नेपाली काँग्रेसको आन्तरिक ‘विशेष अभियान २०८०’ बारे छलफल र कार्य योजना निर्माण बारे छलफल हुने बताइएको छ । 

 

पत्र हेर्नुहोस्