आइतबार डा.शशांक कोइराला रामेछाप आउने

१९ भदौ, रामेछाप । संघीय सांसद एवं नेपाली काँग्रेसका नेता डा.शशांक कोइराला रामेछाप आउने भएका छन् । उनी पूर्व मन्त्री समेत हुन् ।
पार्टी जिल्ला कार्यसमिति रामेछापले आउँदो २४ गते आइतबार ११० औँ वी.पी जन्म जयन्तीको अवसरमा ‘वी.पी कोइराला र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीलाई सम्बोधन गर्दै कोइराला जिल्ला सदरमुकाम मन्थलीमा आउन पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।
सो दिन काँग्रेस देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । वी.पी स्मृति भवन भैंसेश्वर, मन्थलीमा कार्यक्रम हुने तयारी छ ।
त्यसको लागि तयारी सुरु भएको र पार्टी निकट भातृ, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, निवर्तमान तथा पूर्व सभापति पदाधिकारी, सदस्य सबैलाई पत्र समेत काटेर जानकारी समेत दिई सकेको सचिव खड्काले जानकारी दिए ।