‘शिक्षा विधेयक’ - शिक्षकको भूमिका

| असोज ३, २०८० बुधबार

A A A
A A A

विगतदेखि वर्तमान सम्मको स्थितिलाई अध्ययन गर्ने हो भने शिक्षकको सकारात्मक र रचनात्मक सहयोग रहँदै आएको देखिन्छ । हरेक व्यवस्था परिवर्तनमा शिक्षकको अतुलनीय योगदान रहेको छ । १०४ वर्षको तानासाही निरंकुश राणा व्यवस्थाको पतन गरी २००७ सालमा प्रजातन्त्रको स्थापना गर्नमा पनि शिक्षक कै महत्त्वपूर्ण योगदान रहेको छ ।

 

२०३६ सालको विद्यार्थी आन्दोलनलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको इतिहास ताजै छ । ३० वर्षीय पञ्चायत व्यवस्थाको विरुद्ध र प्राप्त भएको प्रजातन्त्रको पुनः बहालीको लागि पनि शिक्षकको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ ।

 

२०५२ सालदेखि सुरुवात भएको माओवादी आन्दोलनमा पनि सबैभन्दा बढी भूमिका शिक्षक कै रहेको थियो । २०६२÷६३ को दोस्रो जन आन्दोलनमा पनि शिक्षकहरूकै भूमिका रहेको पाइन्छ । २४० वर्ष सम्म शासन सत्ताको बागडोर समाल्दै आएको राजतन्त्रको बिदाइ तथा गणतान्त्रिक व्यवस्थाको स्थापना गर्नमा पनि शिक्षकहरू कै महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । 

 

विकासको नेतृत्व गर्ने, सामाजिक व्यवस्था लाई सुव्यवस्थित बनाउने, सामाजिक न्यायको बारेमा वकालत गर्ने, सामाजिक अन्धविश्वास कुरीति अन्याय अत्याचार र विभेदका विरुद्धमा शिक्षक नै बोल्नु पर्ने,

 

देशमा सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र लगायतका व्यवस्था स्थापना गर्नमा पनि महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।

 

संविधानलाई कार्यान्वयन गर्न तथा व्यवस्थालाई संस्थागत एवं सुदृढीकरण गर्नमा पनि शिक्षकहरूकै अतुलनीय योगदान रहेको पाइन्छ । हरेक व्यवस्था परिवर्तनको पछाडि कहीँ न कहीँ शिक्षकको योगदान वा उपस्थिति रहेकै हुन्छ ।

 

त्यति मात्रै होइन । दलको विकास र विस्तार गर्नमा पनि शिक्षक कै भूमिका रहेको हुन्छ । दलका नेता कार्यकर्ताहरूलाई नेतृत्व तहमा पुर्‍याउनमा पनि योगदान रहँदै आएको पाइन्छ । दलका विचारको भारी बोकेर जनता सम्म पुर्‍याउने कार्यहरू पनि शिक्षकले नगरेको कहाँ होर । अहिले पनि हरेक शिक्षक कुनै न कुन दलको विचार सँग आबद्ध रहेकै छ । दल र दलका नेता कार्यकर्ताहरूको निर्देशनको पालना गरेकै छ । भजन गाएकै छ । स्तुतिगान गाएकै छ । वडाको सदस्य देखि प्रधानमन्त्री सम्मको पदमा पुर्‍याउन सम्म पनि शिक्षकको योगदान रहेकै छ । 

 

आफ्नो हक अधिकार लाई प्राप्त र स्थापित गर्नको लागि आन्दोलनको विकल्प छैन ।

 

विकासको नेतृत्व गर्ने, सामाजिक व्यवस्था लाई सुव्यवस्थित बनाउने, सामाजिक न्यायको बारेमा वकालत गर्ने, सामाजिक अन्धविश्वास कुरीति अन्याय अत्याचार र विभेदका विरुद्धमा शिक्षक नै बोल्नु पर्ने, छिमेकीको घर झगडा देखि लिएर सामाजिक मुद्दा मामिलाको व्यवस्थापन गर्ने पनि शिक्षक नै हो । समाज सही दिशानिर्देश गर्ने पनि शिक्षक नै हो । 

 

राज्यलाई आवश्यक पर्ने विविध किसिमको जनशक्तिको आधार तय गर्ने पनि शिक्षक नै हो । आफू बलेर भए पनि अरूलाई उज्यालो प्रदान गर्ने पनि शिक्षक नै हो । आफू हेपिएर, चेपिएर र दबिएर भर पनि अरूलाई विजय गराउने पनि शिक्षक नै हो । राज्यलाई अप्ठ्यारो परेको बेला काँध थाप्ने पनि शिक्षक नै हो । त्यसैले शिक्षक सम्पूर्ण हो । शिक्षकको भूमिका बहु आयामिक छ ।

 

तर राज्यले शिक्षकको कहिल्यै पनि सही मूल्याङ्कन गर्न सकेन । उचित सम्मान दिन जानेन । कदर गर्न जानेन । प्रशस्त सेवा सुविधा प्रदान गर्न सकेन । शिक्षकलाई खुसी र सन्तुष्ट पार्न सकेन । त्यसैले के भन्न सकिन्छ भने जुन राज्यले योगदानको कदर गर्न जान्दैन र उचित मूल्याङ्कन गर्न सक्दैन । त्यो राज्य इतिहासमा सदैव कमजोर र निरीह हुने गर्दछ । आफ्नो हक अधिकार लाई प्राप्त र स्थापित गर्नको लागि आन्दोलनको विकल्प छैन । आन्दोलन लाई सही दिशा दिएर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनु र अहिलेका मागलाई ऐनमा लेखाउनु आजको आवश्यकता हो ।

 

यसैबिच स्मरण रहोस्  ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता भएको छ।  गत भदौ २७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्रतिनिधि सभामा विधेयक दर्ता गराएका हुन्।

 

विधेयकको उद्देश्य र कारणमा मन्त्री राईले ‘विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न तथा विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा सम्बन्धित प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्नुपरेको’ उल्लेख गरेका छन्।

के-के छि शिक्षा विधेयकमा यस्तो छ पूर्णपाठ  ।

 लेखब विनोद सिंह धामी (विन्दास) श्री महाकाली मा वि चैनपुर, मण्डनदेउपुर, काभ्रे नि‍.मा.वि.सामाजिक शिक्षक