प्रथम नेविसंघ कप भोलि देखि मन्थलीमा, कसले कति सहयोग गरे (सूचीसहित)

२७ असोज, रामेछाप । ‘प्रथम बागमती प्रदेश स्तरीय नेविसंघ कप’ भोलि आइतबारदेखि रामेछापको मन्थलीमा सुरु हुने भएको छ । बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहने उक्त खुल्ला पुरुष भलिबल प्रतियोगितामा हाल सम्म ९ जिल्लाको टिम दर्ता भइसकेको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
खेल बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले आइतबार बिहान १० बजे उद्धाघटन् गर्ने छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका अर्थ मन्त्री लामा जिल्ला शनिबारै आइसकेको र भोलि बिहान १० बजे औपचारिक रूपमा खेल उद्घाटन हुने अध्यक्ष बुढाथोकीले बताए ।
भलिबल खेल राष्ट्रिय खेल पनि भएको उल्लेख गर्दै भलिबलको माध्यमबाट १३ जिल्लाका खेलाडीहरूलाई एकै ठाउँमा जोड्नको लागि नेविसंघ रामेछापले उक्त खेल आयोजना गरेको बताउँदै ‘एउटा इँटा थप्न सक्छ कि भने हामीले खेल आयोजना गरेका हौँ ।’
तीन दिने प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सभापति दुजाङ शेर्पा र प्रतिनिधि सभाका सांसद समेत रहेका जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) समेतको उपस्थिति हुने अध्यक्ष बुढाथोकीले जानकारी गराए ।
त्यस्तै कार्यक्रम समापन गर्न नेपाल सरकारका अर्थ मन्त्री डा.प्रकाशरण महत आउने जानकारी दिँदै खेललाई अनुशासित र मर्यादित रूपमा खेलाउने अध्यक्ष बुढाथोकीले दोहोर्याए । त्यस्तै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा उद्घाटन र समापन पनि आउने छन् ।
खुल्ला भलिबल तर्फ प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वना हुनेले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
भिडिओ हेर्नुहोस्
त्यस्तै विद्यालय स्काउटको तर्फबाट स्काउट मार्च पास पनि गराउने उनले जानकारी दिए । अध्यक्ष बुढाथोकीका अनुसार स्काउटमा पनि प्रथम हुने टिमले नगद १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले नगद ५ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै सहभागी सबै टिमलाई नगद ३–३ हजार प्रदान गर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए । भलिबल खेलमा सहभागी हुने टिमलाई आयोजकको तर्फबाट बासको व्यवस्था रहेको र खाना बस्ने भने खेलाडी आफैले गर्नु पर्ने समेत आयोजक नेविसंघले भनेको छ ।
प्रथम नेविसंघ कप कार्यक्रमका प्रयोजक एवं सहयोगी स्थानीय तह र व्यक्तिहरू
लिखु तामाकोशी गाउँपालिका रु २ लाख
मन्थली नगरपालिका रु १ लाख ७५ हजार
रामेछाप नगरपालिका रु १ लाख
उमाकुण्ड गाउँपालिका रु १ लाख
गोकुलगंगा गाउँपालिका रु १ लाख
सुनापति गाउँपालिका रु ५० हजार
पुरस्कार सहयोगी दाताहरू
प्रथम पुरस्कारः रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रोप्राइटर गेल्जे लामा रु २ लाख
द्वितीय पुरस्कारः जेएन बोर्डिङ स्कुल सञ्चालक एवं वडा अध्यक्ष नारायण कार्की रु १ लाख ५० हजार
तृतीय पुरस्कारः दुजाङ शेर्पा अध्यक्ष नेपाल विद्यार्थी संघ रु १ लाख
अन्य आर्थिक सहयोगहरु
काजीबहादुर खड्का (दिनेश) तरुण दल जिल्ला अध्यक्ष एवं दिनेशको सक्रियतामा रु १ लाख
मान्य एवं पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छाराम सान्त्वना पुरस्कार रु ५० हजार
रमेश खड्का नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रु ५० हजार
सुनकोसी कन्स्ट्रक्सन प्रालि प्रोः नारायण भट्टराई रु ५० हजार
त्रिवेणी लामा कन्स्ट्रक्सन प्रालि प्रो डिबी थापामगर रु ५० हजार
कमल जित निर्माण सेवा प्रोः भीम श्रेष्ठ रु ५० हजार
मन्थली रोडा ढुङ्गा प्रोः कमल बस्नेत, निकेश श्रेष्ठ रु २० हजार
रामेछाप उद्योग वाणिज्य संघ परिवार रु ५० हजार
जीवन कार्की रु २५ हजार
दीपेन्द्र खड्का नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रु २५ हजार
सौरभ केसी तरुण दल केन्द्रीय समिति सदस्य रु १५ हजार
शम्भु घिमिरे रु १५ हजार
ङावा शेर्पा तरुण दल नेता रु १५ हजार
तोरण सुनुवार नेता नेपाली काँग्रेस रु १० हजार
रामकृष्ण ढुङ्गेल रु १० हजार
गोपाल खड्का र १० हजार
उज्ज्वल राम घिमिरे रु १० हजार
चमासिंह तामाङ रु १० हजार
योगेश श्रेष्ठ तरुण दल केन्द्रीय सदस्य रु १५ हजार