‘प्रथम नेविसंघ कप’ बागमती प्रदेशका अर्थ मन्त्री लामाले उद्घाटन गर्ने

| असोज २३, २०८० मंगलबार

A A A
A A A

२३ असोज, रामेछाप । बडा दशैं, शुभ दीपावलीको अवसरमा यही २८ गते आइतबार देखि नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको ‘प्रथम नेविसंघ कप’ खुल्ला भलिबल प्रतियोगिता बागमती प्रदेशका अर्थ मन्त्रीले उद्घाटन गर्ने भएका छन् । 

 

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहने उक्त भलिबल प्रतियोगिता जिल्ला समन्वय समिति पछाडिको खेल मैदानमा हुँदै छ । खेल उद्घाटन गर्न प्रदेशका अर्थ मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बाहादुर सिंह लामा प्रमुख अतिथिका रूपमा आउने निश्चित भएको नेविसंघ रामेछापका उपाध्यक्ष युवराज सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । प्रदेश अर्थ मन्त्री सिंह पार्टीको प्रदेश संसदीय दलका नेता समेत हुन् । 

 

तीन दिने प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सभापति दुजाङ शेर्पा र प्रतिनिधि सभाका सांसद समेत रहेका जिल्ला पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) को विशेष अतिथिमा सम्पन्न हुने उपसभापति सुवेदीले बताए । ‘उहाँहरू आउने फिक्स भयो ।’

 

नेविसंघले पहिलो पटक आयोजना गरेको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा स्काउट (मार्च पास) को तयारी तीव्र पारिएको उनले बताए । 

कार्यक्रम समापन गर्न सङ्घीय अर्थ मन्त्री प्रकाशरण महत आउने यस अगाडि नै निश्चित भइसकेको छ । उनी सोमबारदेखि विदेश भ्रमणमा रहेकाले फर्किएर स्वदेश आएपछि समापनमा रामेछापको मन्थली आउने नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकीले बताए । 

 

खेलमा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वना हुनेले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । 

 

खेलमा सहभागी हुने टिमलाई आयोजकको तर्फबाट बासको व्यवस्था रहेको र खाना बस्ने भने खेलाडी आफैले गर्नु पर्ने समेत आयोजक नेविसंघले भनेको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));