निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द गर्यो

| असार ३०, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

३० असार 
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन कार्यतालिका रद्द गरेको छ ।

 

सर्वोच्च अदालतबाट २८ गते भएको आदेश बमोजिम मिति २०७८ कार्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र २०७८ मंसिर ३ गते शुक्रबार हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८ असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।