‘यस्तो बनेको छु’– गजल

| चैत १५, २०८० बिहिबार

A A A
A A A

यस्तो बनेको छु हरपल रोदन उसको 

थपेछु पीडा माथि पीडा झन् उसको 

 

अल्झियो पछ्यौरीमा प्रेम को नाता 

त्यहाँबाट प्रेम स्वरूप बन्धन उसको 

 

न नजिक खुसी उनी न टाढा खुसी 

म कसरी रिझाउन सक्छु मन उसको 

 

जीवनभर प्रार्थना गर्छु उसको लागि   

बन्धक नबनोस् आफ्नोपन उसको 

 

म टाढा जाँदै छु उसको खुसी छाडेर 

श्रीमान् मभन्दा परोस् सज्जन उसको 

 

आधा जीवन सङ्गै बिताएका थियौ 

होस् जिन्दगी बहुमूल्य रतन उसको 

 

मैले उसलाई ऊसँग चिनाउन खोजे

नहोस् उड्ने अधिकार हनन उसको 

 

म रोएरै कटाउँला बाँकी आयु अब 

हाँसेरै बितोस् बाँकी जीवन उसको । 

समिन बरुवाल
| मंसिर १४, २०८० बिहिबार