शुक्रवार सुनापति गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने

| मंसिर ३, २०८१ सोमबार

A A A
A A A

३ मंसिर, रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिक सम्ममा गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयसँग सम्बन्धित भएर सार्वजनिक सुनुवाइ गर्ने भएको छ । 

 

पालिकाको वडा नं ४ स्थित वडा कार्यालय परिसरमा पालिका र मातहतका शाखा, इकाई र वडा कार्यालयबाट हुने सेवा प्रवाहको स्थितिलाई थप प्रभावकारी र गुणस्तरीय बनाई सार्वजनिक पदाधिकारीहरूमा जिम्मेवार बन्ने संस्कार बसाउन तथा नागरिकको सन्तुष्टिलाई मुखरित गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गर्न लागिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । 

 

एक चौमासिकमा कम्तीमा एक पटक सार्वजनिक सुनुवाइ गर्नु पर्ने कानुनी व्यवस्था भएको र उक्त व्यवस्था अनुसार पहिलो चौमासिक सम्ममा पालिकाबाट भएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयलाई सार्वजनिक गर्ने र ती विषयमा नागरिकबाट आएका सुझावहरूलाई सुधार गर्न समेत मद्दत पुग्ने भएकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागिएको उनले बताए । 

 

सार्वजनिक सुनुवाइले पालिकाका सेवालाई थप जनमुखी, पारदर्शी र छिटो छरितो बनाउनुको साथै सरकार र नागरिकबिचको सम्बन्धमा पनि बलियो सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको दाबी गरे । 

 

७ गतेदेखि नै घुम्ती शिविर कार्यक्रम समेत सुभारम्ब हुने बताउँदै सहभागी भएर पालिकाबाट भएका विकास निर्माण, सेवा प्रवाह र पालिकासँग भएका विभिन्न गुनासोसँगै समस्या राख्न र जिम्मेवार वक्ताहरूबाट जबाफ खोज्न सार्वजनिक अनुरोध समेत गरेका छन् ।

 

अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| मंसिर १५, २०८१ शनिबार
रामेछाप टाइम्स
| मंसिर १४, २०८१ शुक्रबार