बुधवारदेखि उमाकुण्ड गाउँपालिका–२ बाम्तिभण्डारमा ५ औँ राष्ट्रपति रनिङ शिल्ड

७ वटै माविले पाउँने छन् १ लाख १५ हजार रुपैयाँ

| मंसिर ८, २०८१ शनिबार

A A A
A A A

८ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिकाले ‘५ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता आउँदो बुधवार देखि गर्ने भएको छ । बुधवार बाम्तिभण्डारमा बसेको रनिङ शिल्ड व्यवस्थापन तथा संचालन सरोकारवालाहरुको बैठकले रनिङ शिल्डलाई स्वस्थ, निश्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने निर्णय गरेको छ

 

गत वर्षदेखि वडा–वडा वार्षिक रूपमा रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सुरु गरेको यो पालिकाले बुधवार (मंसिर १२, १३ र १४ गते) वडा नं २ बाम्तिभण्डारमा सञ्चालन गर्ने तयारी तीव्र रूपमा अगाडि बढाएको पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ङावा शेर्पाले रामेछाप टाइम्सलाई बताए । 

 

७ वटै वडाका ७ माविका विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुने प्रतियोगिता सञ्चालन गर्न २ नम्बर वडा स्थित शिद्देश्वर माविको खेल मैदान व्यवस्थापन सहितको कार्यलाई अगाडि बढाइएको प्रमुख शेर्पाको भनाई छ । 

गत वर्ष सम्पन्न ‘११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ मा समेत उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हुन सफल उमाकुण्ड गाउँपालिकाले यो वर्ष पनि जिल्ला स्तरीय रनिङ शिल्डको लागि तयारी स्वरूप पालिकामा यो प्रतियोगिता गर्दै छ । 

 

१२ गते बुधवार उद्घाटन हुने पाँचौँ रनिङ शिल्डमा सातै माविका छात्रा छात्रले वडा अनुसार आ–आफ्नो जातीय संस्कृति झल्कने जातीय नृत्य समेत प्रस्तुत गर्न पालिकाको शिक्षा शाखाले विद्यालयहरूलाई आग्रह गरेको छ । 

 

पालिकाले छुट्याएको २५ लाख बजेटबाट सहभागी हुने ७ वटै मावि मध्ये व्यवस्थापक शिद्देश्वर मावि र जनता मावि कुँबुँकास्थलीलाई बाहेक आवश्यकताको धारमा ५ माविलाई यातायात बाहेक १ लाख १५ रुपैयाँ पालिकाले दिने निर्णय यस अगाडि नै गरेको प्रमुख शेर्पाले बताए । उनका अनुसार १ लाख १५ हजार सबै माविले सहभागी विद्यालयलाई प्रदान गरिने छ । 

अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| मंसिर १५, २०८१ शनिबार
रामेछाप टाइम्स
| मंसिर १४, २०८१ शुक्रबार