महाधिवेशनमा सर्वाधिक मत पाएर ‘हौसिएका’ दीपक खड्काले गरेर जिल्ला सभापति लड्ने घोषणा
१७ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापबाट महाधिवेशन खुल्ला तर्फ सर्वाधिक मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि दीपक खड्काले जिल्ला सभापति उठ्ने घोषणा गरेका छन् । उनले भने ‘म अब जिल्ला सभापति पदको उम्मेदवार बन्छु ।’
शनिबार मन्थलीमा पत्रकार भेटघाट गर्दै हाल पार्टीको सचिव समेत रहेका खड्काले यस अगाडि सार्वजनिक कार्यक्रम पनि सभापति लड्ने घोषणा गरेको गरिसकेको स्मरण गर्दै १५ औँ जिल्ला सभापतिमा युवाहरूको टिम कै नेतृत्व गर्दै जिल्ला सभापतिमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् । ३७ जनासँग प्रतिस्पर्धा गर्दा खुल्ला तर्फ ७ सय ४१ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि हौसिएका उनले जिल्ला सभापति लड्नबाट पछि नहट्ने जिकिर गरे ।

‘अग्रजहरूसँग सहमतिका लागि प्रयास गर्छौँ नमिले उम्मेद्वार दर्ता गर्न अब रोकिँदैन’, नेता खड्काले भने । आफूलाई सभापतिमा उठ्नको लागि पछिल्लो पटक उनकै नेतृत्वमा बनेको समूहमा पूरै छलफल समेत भइसकेको उनको भनाई छ । नामाडी निवासी खड्काले १५ औँ महाधिवेशनमा भाग लिएर पराजित भएका नेता कार्यकर्तालाई थप सक्रिय भएर पार्टीको काममा लाग्न आग्रह गर्दै पार्टीमा काम गर्नेले अवश्य न्याय पाउने विश्वास व्यक्त गरे ।
‘१३ औँ महाधिवेशनमा म आफै कोषाध्यक्षमा हारे तर, पार्टीको काममा लागि रहेर र १४ औंमा म सचिव पदमा जित्न सफल भए’ गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष समेत रहेका नेता खड्काले भने ‘पराजित हुनु भएका साथीहरूको राजनीतिक यात्रा अझै लामो र सक्रिय बनेको हो’ ।
