विश्व पर्यटन दिवस : ‘रामेछाप चिनाउने फोटो र जाती झ्याँकी प्रदर्शन’, सांसद श्रेष्ठले भने ‘नीतिगत सुधार मेरो प्रतिबद्धता’

| असोज ११, २०८३ आइतबार

A A A
A A A

११ असोज, रामेछाप । रामेछापमा विश्व पर्यटन दिवस भव्य रूपमा मनाइएको छ । दिवसलाई सम्बोधन गर्दै प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धन गर्न आवश्यक नीति निर्देशन अब बन्ने कानुनमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस २०२६ को अवसर पारेर आइतबार उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयको आयोजनामा पर्यटन प्रवर्द्धन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

 

नेवार समुदायको लाखे, पञ्चेबाजा, माझी समुदायका महिलाहरूको नृत्य, मगर समुदायको नृत्य र राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल रामेछापद्वारा ‘रामेछाप चिनाउने’ फोटो प्रदर्शनी गरी दिवसलाई संयुक्त रूपमा मनाइएको हो । आयोजकले मन्थलीमा वृहत् र्‍यालीसहित दिवस मनाउने तयारी गरेको भए पनि मौसम प्रतिकूल बन्दा विभिन्न जातजातिको झ्यालीसहितको र्‍याली प्रदर्शन गर्न नसकेपछि कोण सभाको रूपमा मन्थली गुम्बा हलमा साङ्केतिक रूपमा झ्याँकी प्रदर्शनी गरी दिवस मनाइएको हो । 

गुम्बा हल भित्रै राष्ट्रिय फोटो पत्रकार समूहले फोटो प्रदर्शनी गरी जिल्ला प्रमुख धार्मिक, ऐतिहासिक र उच्च पर्यटकीय सम्भावना बोकेका स्थलहरूको २५ वटा फोटो प्रदर्शनी गरेको (एनएफपिजे) कोषाध्यक्ष डोर शंकर बरुवालले बताए । फोटो प्रदर्शनीसहितको विश्व पर्यटन दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद एवं उद्योग, पर्यटन, वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आगामी दिनमा जिल्लाको पर्यटनलाई प्रवर्द्धन गर्नका लागि नीतिगत रूपमै काम गर्ने प्रतिबद्धता जनाए । 

 

‘दोलखाको जिरी पर्यटकीय हब बन्दा हाम्रो रामेछाप अझै पनि सोचे अनुसार पर्यटकीय केन्द्र बन्न सकेको छैन’, अबका दिनमा यहाँका सबै सरोकारवालाहरू एक भएर नीतिगत रूपमै काम गर्नु पर्ने छ त्यसको लागि प्रदेश सरकाको जिम्मेवारीमा रहेको ऐन कानुन अब हामी लेख्छौँ त्यो मेरो प्रतिबद्धता भयो’, प्रदेश सांसद श्रेष्ठले दोहोर्‍याएर भने । 

रामेछापको तामाकोशीसहितका नदीहरूलाई सही रूपमा उपभोग गर्न नसकिएको तर्क गर्दै पर्यटकीय स्थलको केन्द्र बनाएर अगाडि बढाउनु पर्नेमा उनले जोड् दिए । 

 

उद्योग, वाणिज्य, पर्यटन कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले दिवसलाई अवस्मरणिय गराउँदै स्थानीय कला, संस्कृतिको सही प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटकहरू  भित्र्याउन सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको धारणा राखे । सबै तहका सरकारहरूको पहल,सक्रियता र समन्वयमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर गर्ने उनको भनाई छ । 

 

रामेछाप टाइम्स
| भदौ २१, २०८३ आइतबार