रामेछापका रामचन्द्र खड्काले नेपाली काँग्रेसको केन्द्रीय सदस्य ‘खस आर्य’ कोटामा उम्मेद्वारी दिए
फाइल फोटो ।
१९ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन प्रतिनिधिबाट खुल्ला तर्फ निर्वाचित महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काले केन्द्रीय सदस्य (खस आर्य) तर्फ उम्मेद्वारी दिएका छन् । उनले ८ जना महिलासहित १६ जना निर्वाचित हुने खस आर्य तर्फ उम्मेद्वारी दिएको रामेछाप टाइम्सलाई बताए ।
आइतबार देखि काठमाडौँमा सुरु भएको १५ औँ महाधिवेशनमा सोमबार मनोनयन खुल्ला भएपछि रामेछापबाट ५२८ मत सहित महाधिवेशन निर्वाचित खड्का भएकाले सबैसँगको समन्वयमा खस आर्य तर्फ उम्मेद्वरी दिएको बताएका हुन् । ‘सबैले सुझाए अनुसार खस आर्यमा उम्मेद्वारी दिएको छु।’
नेपाली काँग्रेस रामेछापको लामो समय नेतृत्व गरेका नेता खड्का जिल्लाका अग्रज नेता हुन् । उनी २१ फागुन, २०८२ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको उम्मेद्वार बनेका थिए ।

२०४६ साल यताका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा उनी प्रत्यक्ष संलग्न भएर उनी पार्टीको लागि काम गर्दै आएका छन् ।
