सुनुवार सेवा समाजको संघीय भवनमा तोड् फोड्

| मंसिर ४, २०८१ मंगलबार

A A A
A A A

४ मंसिर, रामेछाप  । काठमाडौँ कोटेश्वरमा रहेको सुनुवार सेवा समाजको संघीय भवनमा तोड् फोड् भएको छ । अज्ञात समूहले तोड् फोड् गरेको हो । 

 

समाज निकट मणिराज सुनुवारले रामेछाप टाइम्सलाई दिएको जानकारी गएको शनिबार राति कार्यालय भवनको चेन गेटको साँचो काटेर भवनमा प्रवेश गरी क्षति पुर्‍याएको हो । कार्यालयमा थप के–के क्षति गरियो भन्ने बारेमा अनुसन्धान भइरहेको उनको भनाई छ । 

 

साथै, कार्यालयमा चोरी र तोड् फोड् भएको अनुमानसहित समितिले सुरक्षा व्यवस्था बारेमा छलफल गर्न मातहतका समिति तथा पदाअधिकारीहरुलाई मंगलबार दिउँसो ३ बजे अनिवार्य उपस्थित हुन उर्दी गरिएको छ ।