रामेछाप ‘मोडेल सिजन–५’ को उपाधि जितिन् चौहानले, ‘लिटिल मोडेल सिजन–४’ प्रनव र कुन्साङ बने

| साउन २७, २०८१ आइतबार

A A A
A A A

२६ साउन, रामेछाप । रामेछाप ‘मिस्टर एण्ड मोडेल रामेछाप सिजन–५’ को उपाधि रिमिता चौहानले जितेकी छिन् । त्यस्तै ‘लिटिल मोडेल रामेछाप सिजन–४’ को उपाधि दुई विधाबाट प्रनव श्रेष्ठ र कुञ्साङ् लामाले जितेका छन् । 

 

विजेताहरूलाई बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले एक भव्य समारोहका बिच नगद ५–५ हजार पुरस्कार, गिफ्ट ह्याम्पर, ट्रफि, मायाको चिनोसहित हस्तान्तरण गरे । भने, अघिल्लो सिजनकी विजेताले उपाधि हात पारेका विजेताहरू क्राउन पहिराइन् । 

 

शनिवार मन्थली तीनलाल पार्कमा भएको ग्राण्ड फिनालेमामा अन्य दुई प्रतिस्पर्धी कोपिला खत्री र सपना पुरीलाई पछि पार्दै ‘मोडेल रामेछाप २०८१’ को उपाधि चौहानले हात पारेको घोषणा गरिएको हो । मोडेल रामेछापमा यो पटक जम्मा तीन जनाले मात्रै सहभागिता जनाएका थिए । 

 

त्यस्तै लिटिल मोडेल तर्फ ‘ए’ बाट प्रवन श्रेष्ठले उपाधि हात पारे भने फस्ट रनर अब केइशा थापा र  सेकेन्ड रनरअप प्रेन्सा मुग्रातीले हात पारेको घोषणा गरिएको हो । 

रितिमा चौहान र कोपिला खत्री 

 

लिटिल मोडेलको ‘गुरुप ए’ बाट कुञ्साङ् लामा हुँदा फस्ट रनरअप सुप्रिया कर्माचार्यले जितेकी छिन् । भने, सेकेण्ड रनरअप प्रतीक्षा श्रेष्ठले जितेको आयोजक किङ्स्टर क्रियाशन प्रा.लि.का सिइओ सुमन खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

किङ स्टार क्रियशन प्रा.लि.को आयोजनामा प्रत्येक वर्ष हुँदै आएको यी दुई विधाका प्रतिस्पर्धामा ‘लिटिल मोडेल’ तर्फ १३ जना ६ देखि १४ वर्ष उमेरका बालबालिकाले सहभागिता जनाएका थिए । 

 

तीनलाल पार्कमा भव्य उपस्थितिका बिच भएको ग्राण्ड फिनालेमा प्रतिस्पर्धीहरुले जर्जहरुले सोधेका प्रश्नको प्रश्नोत्तर सहित विभिन्न पहिरणमा सजिएर आफ्नो कला प्रस्तुत गरेका थिए । साथै, जर्जहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए । 

 

यस अगाडि किङ स्टारका (सिइओ) सुमन खड्का, निकिता चौहान र सहायक प्रशिक्षकको रूपमा ‘मोडल अफ रामेछाप सिजन–४’ कि वइनर सीता कार्की प्रशिक्षण एक महिना प्रशिक्षण गरेका थिए । 

प्रनब श्रेष्ठ र कुन्साङ् लामा

 

यसैबिच आयोजकले मनलाग्दी विजेता घोषणा गरेको भन्दै प्रतिस्पर्धीहरूले विरोध गरेका छन् । नजिता घोषणा अनपेक्षित भएको भन्दै आयोजक र जर्जहरू प्रति केही लिटिल मोडेलका आफन्ताहरुले विरोध गरेको बुझिएको छ । 

 

आयोजकले नियतबस् राम्रोलाई भन्दा पनि हाम्रोलाई प्रयोटि दिएर विजेता घोषणा गरेको दाबी सहित ‘लफडा’ भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

 

आयोजकको नतिजा घोषणामा आपत्ति जनाउँदै प्रतिस्पर्धीका परिवारका सदस्यहरूले विरोध गरेको बुझिएको छ । शनिवार अबेर साँझ सम्म भएको उक्त ग्राण्ड फिनालेमा ‘लफडा’ भएपछि कार्यक्रम सकिएको घोषणा गरिएको थियो । यसै विषयमा रामेछाप टाइम्ससंग कुराकानी गर्दै क्रियशनका सिइओ सुमनले भने सबैको चित्त बझाउन नसकिने बताउँदै केही असन्तुष्टि देखिएको बताए । 

 

 

कन्चन कार्की
| भदौ २८, २०८१ शुक्रबार
समिन बरुवाल
| चैत १५, २०८० बिहिबार