'सगरमाथाको शिरमा पुगेका ओली नारायणीको तीरमा पुगे'-स्वास्थ्य मन्त्री खतिवडा
फाइल फोटो
१० मंसिर, रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले केपी ओलीलाई नयाँ तानाशाहा बन्ने इच्छा रहेको बताएका छन् । रामेछापको सुनापति गाउँपालिका ३ हिलेदेवीको सावाडाँडामा आयोजित एकिकृत समाजवादी पार्टी (एस) को पालिका भेला तथा समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडाले यस्तो बताएका हुन् । उनले केपी ओली प्रचण्डको काँधमा चडेर मात्र प्रधानमन्त्री भएको भन्दै तानाशाही ब्यवाहार गरेको जिकिर गरे ।
एस नेता खतिवडाले नेकपा एमाले विस्तारै धोस्त हुदै जाने समेत ठोकूवा गरे । उनले एमाले गलत नीति बोकेर हिडेकाले समाप्त हुने उनको दाबी छ । उनले केही समय सगरमाथाको शिरमा पुगेका ओली अहिले त्यहाँबाट खसेर नारायणीको तीरमा पुगेको टिप्पणी गरे ।
मन्त्री खतिवडाले केपी ओलीको २०६२÷६३ सालको जनआन्दोलनमा कुनै भूमिका नरहेको समेत जिकिर गरे ।
ओलीले कुनै पनि आन्दोलनमा भाग नलिएको भन्दै ओलीको कुन आन्दोलनमा भएको फोटो देख्नु भएको छ ? भन्दै प्रश्न गरे ।
एस केन्द्रीय नेता खतिवडाले हरहालमा बामपन्थी एकता गरेर मात्र चुवानमा जाने बताए । अझ बाम–लोकतान्त्रिक एकता पनि हुने खुलासा गरे । उनले माओवादी केन्द्र सहितका कम्युनिष्ट् पार्टीहरु एक भएर चुवानमा जाने बताए ।
उनले केपी ओलीको पार्टीले राजावादीसंग चुनावी तालमेल गर्ने भन्दै काँधमा हलोजुवा बोकेर गाई धपाउछन् भन्दै टिप्पणी गरे ।
