नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल रामेछाप आउने

६ माघ, रामेछाप । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रामेछाप आउने भएका छन् ।
रामेछाप उद्योग वाणिज्य सङ्घको आठौँ साधारण सभामा प्रमुख अतिथिको रूपमा वरिष्ठ उपाध्यक्ष ढकाललाई ल्याउन लागेको सङ्घका महासचिव नवराज ढुङ्गेलले जानकारी दिए ।
बिहीबार सङ्घको सचिवालयमा बसेको ३५ औँ कार्यसमिति बैठकले आउँदो माघ २१ गते हुन लागेको सङ्घको साधारण सभामा ढकाललाई ल्याउने निर्णय गरेको हो ।
यस अगाडि ढकाल सङ्घको १३ औँ साधारण सभामा पनि जिल्ला आएका थिए ।
कोरोना महामारी, आर्थिक मन्दी लाग्न थालेको चर्चा लगायतले निजी क्षेत्र खुम्ची रहेको अस्थानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल यहाँ आउन लागेका हुन् ।