नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल आज मन्थली आउँदै

२१ माघ, रामेछाप । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आज शनिवार रामेछाप आउँदै छन् ।
रामेछाप उद्योग वाणिज्य सङ्घ, रामेछापको आठौँ साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रका चर्ची व्यवसायी एवं वरिष्ठ उपाध्यक्ष ढकाल यहाँ आउन लागेको रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापले जनाएको छ ।
शनिवार मन्थली स्थित सामुदायिक हलमा एक भव्य कार्यक्रम हुँदै छ । त्यसको लागि तयारी पूरा भएको सङ्घको सचिवालयले जनाएको हो ।
गत बिहीबार सङ्घको सचिवालयमा बसेको ३५ औँ कार्यसमिति बैठकले आज सङ्घको साधारण सभा गर्ने निर्णय गरेको थियो ।
देशको आर्थिक क्षेत्र र अर्थतन्त्र सङ्कुचित अवस्थामा रहेको बेला यहाँ आउन लागेका ढकालले यहाँ व्यवसायीको पीडालाई सम्बोधन गर्ने र आउँदा दिनमा निजी क्षेत्रले गर्नु पर्ने व्यावसायिक सुधारका विषयमा सुझाव आउने यहाँका व्यवसायीको अपेक्षा रहेको छ ।