चैत्र ६ गते मन्थलीमा ९ औँ जिल्ला अधिवेशन गर्ने राष्ट्रिय युवा संघ नेपाल रामेछापको निर्णय

| फागुन १९, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१९ फागुन, रामेछाप । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापले ९ औँ जिल्ला अधिवेशन आउँदो चैत्रमा गर्ने निर्णय गरेको छ । साथै युवा सङ्घले जिल्ला कमिटीले जिल्लाको ६४ वटै वडामा ५० सदस्यता वितरण गर्ने निर्णय समेत निर्णय गरेको जानकारी गराएको छ । 

 

गत मङ्गलवार बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापको दोस्रो पदाधिकारी बैठकले आउँदो चैत ६ गते सोमबार मन्थलीमा संघको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको सङ्घले बैठक पछि जारी गरेको पत्रमा उल्लेख छ । 

 

संघका जिल्ला अध्यक्ष गणेश बज्र लामा र इन्चार्ज बाबुराम ग्याबा तामाङले हस्ताक्षर गरेको पत्रमा ५ बुँदे निर्णय गर्दै सार्वजनिक गरिएको छ । ‘नवौँ जिल्ला अधिवेशनको प्रतिनिधिहरूले अनिवार्य राष्ट्रिय युवा संघ नेपालको सदस्यता लिएको हुनु’ पर्ने पत्रमा भनिएको छ । 

 

जिल्ला अधिवेशन गर्ने निर्णय गर्दे त्यसको लागि उपसमिति गठन गरेर जिम्मेवारी पनि तोकेको छ । त्यस्तै बैठकले जिल्ला अधिवेशनमा प्रत्येक वडाबाट एक जना, नगरपालिका गाउँपालिकाबाट २ महिला सहित ५ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । 

 

त्यस्तै नेकपा (एमाले) को ‘ग्रासरुट अभियान’मा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी, बागमती प्रदेश कमिटी, विभागीय सदस्यहरू, जिल्ला कमिटी रामेछापको पदाधिकारी, सचिवालय सदस्यहरू सम्बन्धित वडा पार्टी कमिटीसँग समन्वय गरी आ–आफ्नो भूगोलमा सहभागी भई ‘ग्रासरुट अभियान’लाई सफल बनाउने भूमिका खेल्ने पनि निर्णय गरेको पत्रमा उल्लेख छ । 

 

पत्र हेर्नुहोस् ।