किन बोल्दैनन् कान्छाराम सदनमा यस्तो छ वास्तविक कारण ? (भिडिओ)

| जेठ ९, २०८० मंगलबार

A A A
A A A

९ जेठ, रामेछाप । रामेछापबाट प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएको ६ महिना बितिसक्दा समेत एक पटक पनि सांसदको रोष्टममा बोलेका छैनन् । जनताको पिर, मर्का, समस्या, गुनासा रोस्टममा राखेर सभामुख मार्फत सरकार समक्ष राख्नु पर्ने र समस्या समाधानमा सरकारको ध्यानाकर्षण गर्नु पर्ने प्रमुख जिम्मेवारी भए पनि सांसद तामाङले हाल सम्म उक्त जिम्मेवारी जनताले देखिने गरी  पूरा गरेका छैन । 

 

जसले गर्दा रामेछापका जनताले ‘कान्छाराम’ ‘मान्य’ कता हराए भनेर समेत भनेको सुनिन्छ भने घरको बाघ, बाहिरको स्याल समेत भनेर सांसद तामाङ माथि टिका टिप्पणी सुरु गरेका छन् । उसोत सांसद ‘कान्छाराम’ आफैले पनि सदनमा गएर बोल्न नपाएको कुरालाई स्वीकार गरेका छन् । तर, सदनमा कुरा नउठाए पनि प्रधानमन्त्री, मन्त्री, सांसद, प्रतिपक्षी दलका नेता देखि सबै राजनीतिक दलका नेता, प्रदेशका मुख्य मन्त्री देखि सबै सँग मित्रता राख्न खप्पिस ‘कान्छाराम’ ले सदनमा बाहेक सबै ठाउँमा रामेछापेली जनताका पिर, मर्का समाधान गर्न लागि पर्छन् ।

 

विकास निर्माणमा सडक, खानेपानी, भवन, पुल, कालोपत्रे, स्मार्ट रामेछाप, शिक्षा, स्वास्थ्य सबै विषयमा चासो र  जानकारी राख्ने ‘कान्छाराम’ समृद्ध रामेछाप बनाउन पार्टी भन्दा धेरै माथि उठेर अगि छन् । कुनै समयमा दानी नेताको समेत छवि बनाएका सांसद तामाङले जिल्लाका धेरै ठाउँमा आफैले आर्थिक एवं प्राविधिक सहयोग पनि गरेका छन् । 

 

मलाई घरकै मान्छेले पनि सनमा त देखिँदैन त । त्यो एक मिनेटमा के बोल्नु ।

 

राजनीतिमा लागेको छोटो समयमै ‘राजनीतिक छलाङ’ मारेका सांसद तामाङले सदरमा गएर आफू न बोल्नुमा रोचक जानकारी बताएका छन् । 

 

गत आइतबार सदरमुकाम मन्थलीमा जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको एक दिने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिसंगको कार्यक्रममा बोल्दै सांसद तामाङले आफू सदनमा नबोल्नुमा सदनको ‘समय’ र आफ्नो चिन्तन रहेको सुनाएका छन् ।

 

सांसद ‘कान्छाराम’ ले भने ‘अब सम्बोधन गर्दै १ मिनेट जान्छ । जम्मा १ मिनेट हुन्छ । मान्छेले बोलेन भन्छन् ठट्यौली गर्दै भने ‘मलाई घरकै मान्छेले पनि सनमा त देखिँदैन त । त्यो एक मिनेटमा के बोल्नु । उपसभामुख ले त १ सेकेन्ड पनि समय कट्न दिँदैन । माइक काटी हाल्छ ।’

 

‘यत्रो सांसद काम छैन । यो घटाउनु पर्छ अब ७७ जिल्लाबाट १–१ जना र समानुपातिक २६ राख्नु पर्छ’ । ५२ जना जित्ने ले सरकार बनाउनु पर्छ ।’

 

सांसद तामाङले अहिलेका सांसदको सङ्ख्या अधिक भएकोमा समेत चिन्ता व्यक्त गरे । हालको सांसदका स्वकीय सचिवको मात्रै ५ वर्षमा ८६ करोड खर्च हुने गरेको सुनाउँदै त्यो देशले कसरी धानेको होला भन्दै चिन्त व्यक्त गरे ।

 

‘यसरी राज्यको अरबको रुपम खर्च भइरहेको छ । देशले कसरी धानी हरेको छ भन्ने चिन्ता गर्छु । सदनको काम केही छैन । सधैँ विरोधको विरोध हो’ सांसद तामाङले गम्भीर हुँदै भने ‘यत्रो सांसद काम छैन । यो घटाउनु पर्छ अब ७७ जिल्लाबाट १–१ जना र समानुपातिक २६ राख्नु पर्छ’ । ५२ जना जित्ने ले सरकार बनाउनु पर्छ ।’ उनले गम्भीर हुँदै आफू यही चिन्ताले ५ वर्ष सम्म सांसदको रुपमा रहिन भने अनौठो नमान्न समेत बताए । 

 

सदनमा रहेका सांसदको खर्चले देश घाटामा गई रहेको तर्क गर्दै  त्यो घटाउनु राम्रो हुने बताए । सदनमा अहिले ४÷५ जना नेताहरू भए पुग्ने टिप्पणी गरे । 

 

लाईभ भिडिओमा हेर्नुहोस् सांसद तामाङले अरू के-के भने 

यो पनि पढ्नुहोस्

सांसद कान्छारामले ‘घ्याप्चेको पहिरो,सडक, पुल, सिँचाई,खानेपानीसहित एक दर्जन बढी आयोजनामा यसरी ल्याउँदै छन् रामेछापमा बजेट (भिडिओ)

सांसद ‘कान्छाराम’ले भने ‘हाइड्रोपावरको सुरुङ फुट्दैन, त्यसको जिम्मेवारी म लिन्छु’ (भिडिओ)