काँग्रेस बैठक : जिल्ला सम्मेलनलाई वृहत् पार्न उपसमिति गठन, यी हुन् निर्णय ?

| जेठ १७, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१७ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आउँदो ३० र ३१ गते गर्न लागेको वृहत् जिल्ला सम्मेलन सफल पार्न सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को संयोजकत्वमा उपसमिति गठन गरेको छ । 

 

मंगलबार पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा बसेको बैठकले जिल्ला सम्मेलनलाई सफल र भव्य बनाउन तयारी तीव्र पार्ने र त्यसको लागि आवश्यक काम गर्न उपसमिति गठन गरिएको पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

त्यस्तै मंगलबारकै बैठकले बाँकी सदस्यको लेबी उठाएको, मंगलबार काठमाडौँमा निधन भएकी पार्टी नेतृ सहित विभिन्न समयमा ज्यान गुमाएकाहरू प्रति शोक व्यक्त गर्न निर्णय गरेको सचिव खड्काले जानकारी दिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));