काँग्रेस रामेछापमा फेरी एक समूहको बिद्रोह, सभापति देउवालाई ४६ जनाको हस्ताक्षर सहित बुझाए ११ बुँदे माग (पत्रसहित)

| जेठ २९, २०८० सोमबार

A A A
A A A

२८ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापका चार दर्जन नेता कार्यकर्ताले पार्टीमा बिद्रोह् गरेका छन् । आफूहरूलाई पार्टीले बाहेक गरेको भन्दै आपत्ति जनाउँदै उनीहरूले भोलि मंगलबार देखि हुन लागेको १४ औँ महाधिवेशनपछिको पहिलो वृहत् जिल्ला सम्मेलनमा कुनै खबर नगरेको भन्दै आफूहरूलाई बाहेक गर्न खोजेको बताएका हुन् । उनीहरूले यो कदम पार्टीको ठिक नभएको भन्दै पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ११ बुँदे सुझाव र जिल्ला पार्टी नेतृत्वको कमजोरी उल्लेख गर्दै पत्र समेत बुझाएका छन् । 

 

कांग्रेस रामेछापले गत २७ गते एकै साथ सबै वडामा वडा सम्मेलन सकेको छ । भने, भोलि देखि दुई दिन वृहत जिल्ला भेला गर्दै छ । त्यसको लागि आवश्यक तयारीमा जिल्ला कार्यसमिति लागि परेको छ । यसलाई सफल पार्न पार्टीले आह्वन समेत गर्दै आएको अवस्था छ । 

 

पार्टी जिल्ला कार्यसमितिका सचिव सहित ४६ जनाले हस्ताक्षर गरेको सो पत्रमा भोलि देखि हुने जिल्ला सम्मेलन बारे आफूहरूले सामाजिक सञ्जालबाट मात्रै देखिएको भन्दै ‘हामी जत्तिका जिम्मेवार कार्यकर्ताले जिल्ला सम्मेलन जस्तो पार्टीको जीवनमा महत्त्व राख्ने कार्यक्रम सामाजिक सञ्जालबाट जानकारीमा आउनु हामी कार्यकर्ता मात्र हैन पार्टीको लागि पनि दुःखद कुरा हो भन्ने हामीलाई लागेको छ,’ भनेका छन् । 

 

गएका स्थानीय तह र प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भएका कमजोरीलाई समेत पार्टी नेतृत्वको असक्षमता देखाउँदै यस्ता कुरामा ध्यान दिएर गलत तरिकाले पार्टी सञ्चालन गर्ने नेतृत्वत्वलाई कडा निर्देशन दिँदै पार्टीलाई सही बाटोमा हिँडाउनु पर्दछ भन्ने अनुरोध पार्टी सभापति देउवासँग माग गरेका छन् ।  

 

४६ जनाको एक समूहले विगतमा पनि पार्टी जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को कार्यशैली प्रति असन्तुष्टि जनाउँदै विद्रोह गर्दै आएका थिए । सो विद्रोह सम्पन्न निर्वाचनको नजिकिँदै जाँदा समाधान भएको थियो । तर, निर्वाचन सकिएको करिब ९ महिनापछि सोही विषयलाई उठान गर्दै विद्रोह गर्न थालेका हुन् । यस अगाडि पनि सभापति देउवालाई बुझाएको पत्र खारेज भएको थियो । 

 

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको पत्र हेर्नुहोस् ।

यो पनि पढ्नुहोस् ।
कांग्रेस रामेछापको बिबाद् यसरी मिल्यो (निर्णयसहित)

कांग्रेस सभापति ‘कान्छाराम’ लाई सभापतिबाट बर्खास्त गर्न भन्दै परेको उजुरी खारेज
सभापतिले पदबाट हटाएपछि उपसभापति थोकरले भने ‘प्रा.लि र पार्टी फरक तरिकाले चलाउनु पर्छ, नत्र धेरै दिन टिक्दैनन्’