म विरुद्धमा लाग्ने ४६ जना साथिहरुसँग मिलेर जना सभापति पदै छाड्न पनि तयार छु–सभापति ‘कान्छाराम’ (भिडिओ)

| जेठ ३२, २०८० बिहिबार

A A A
A A A

३२ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नो विरोध गर्नेहरूसँग मिल्नको लागि आफू हदै सम्म सहज बन्न तयार रहेको बताएका छन् । जिल्ला पार्टी सभापति (कान्छाराम) विरुद्धमा ४६ जनाले हस्ताक्षर सहित केन्द्रीय सभापति शेरबहादुर देउवालाई केही दिन अगाडि उजुरी दिएका छन् । 

 

बुधवार जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो बताएका हुन् । उनले भने ‘म मेरो विरोध गर्ने ४६ जना साथीहरूसँग मिलेर सहकार्य गरेर जना जे पनि गर्न तयार छु । पार्टी सभापति पदै छोड्न पनि । औषधि उपचार गर्न तयार छु ।’ उनले त्यसको लागि छलफल हुनु पर्ने भन्दै छलफलमा आउन आग्रह गरे । छलफलम मनै बस्नु पर्छ भन्ने छैन । मेरो,जिल्ला कार्यसमितिको जो बस्दा पनि  म स्वीकार गर्न तयार छु । 

 

सांसद समेत रहेका सभापति तामाङले स्थानीय, संघ र प्रदेश निर्वाचनमा सबैसँग छलफल गरेरै अगाडि बढेको स्मरण गर्दै जिल्लामा पार्टीले स्थानीय तहदेखि हाल सम्म जितेका उपलब्धिहरू बारेमा जानकारी गराए ।

 

सबैको सुझावका आधारमा केन्द्रको गठबन्धनलाई लत्त्याउँदै स्थानीय निर्वाचनमा पूर्णपठबन्धन भएको उल्लेख गर्दै संघ र प्रदेशमा केन्द्रीय नेताहरूको विश्वासमा आफूले टिकट पाएको र जितेको बताए । 

 

 

भिडिओ हेर्नुहोस्

यो पनि पढ्नुहोस्
काँग्रेस रामेछापमा फेरी एक समूहको बिद्रोह, सभापति देउवालाई ४६ जनाको हस्ताक्षर सहित बुझाए ११ बुँदे माग (पत्रसहित)