जिल्ला समन्वय समिति सदस्य कार्कीलाई माओवादी केन्द्र रामेछापले पार्टीबाट निष्कासित गर्‍यो

| भदौ २, २०८० शनिबार

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठक । तस्बिर स्रोत युबराज चौलगाई ।
A A A
A A A

२ भदौ, रामेछाप । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रामेछापले पार्टी विरोधी गतिविधि गरेको भन्दै एक सदस्यलाई पार्टी बाट निष्कासित गरेको छ । 

 

गत शुक्रवार बसेको पार्टीको जिल्ला समन्वय समिति बैठकले समन्वय समिति सदस्य विष्णु कार्कीलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको रामेछाप टाइम्सलाई प्राप्त सो पार्टीको निर्णयमा उल्लेख छ । 

 

 

विगत केही महिना देखि पार्टी विरुद्ध गतिविधि गरेको हुनाले निजलाई कारबाही सहित साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरियो’ उल्लेख छ । 

 

 

पार्टीको केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मा सहित आधार दर्जन केन्द्रीय तथा प्रदेश समितिका नेताहरू उपस्थितिको बैठकले कार्कीले पार्टीबाट निष्कासित गरेको हो ।