सुनापतिबाट सुरु भयो रामेछापमा माओवाद केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ कहिले कहाँ ?
२ भदौ, रामेछाप । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रामेछापले केन्द्रले ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान स्थानीय तहमा आजदेखि सुरु गरेको छ । शनिबार सुनापति गाउँपालिकाबाट पार्टी अभियान थालेको हो ।
शुक्रवार सम्पन्न जिल्ला समन्वय समिति बैठकले मिति तोकेरै आठ वटै स्थानीय तहमा अभियान कार्यक्रम गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले पछिल्लो समय प्रत्येक नागरिकको घर–घर गएर पार्टी जागरणको बारेमा चर्चा गर्ने अभियान केन्द्रले घोषणा गरेको छ ।
यसअगाडि माओवादी केन्द्रले ‘घर घरमा माओवादी’ ‘जनजनमा माओवादी’ नारा सहितको ‘जनता सँगै माओवादी विशेष रूपान्तरण अभियान ३ महिने देशका सबै वडाहरूमा एकसाथ एकै दिन उद्घाटन गर्ने निर्णय गरेको छ । सोही बमोजिम जिल्लामा पनि त्यसको तयारी स्वरूप कार्यक्रम सुरु भएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समितिको रामेछापले आज शनिबार देखि सुरु गरेर यही भदौ १० गते सम्म ८ वटै स्थानीय तहको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
कुन स्थानीय तहमा कहिले हुँदै छ अभियान कार्यक्रम हेर्नुहोस्

