रामेछापका ७ स्थानीय तहका १४ विद्यालय राष्ट्रपति शैक्षिक सुधारमा छनोटः उमाकुण्ड शून्य, कुन-कुन विद्यालय परे (सूचीसहित)

३० भदौ, रामेछाप । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामेछापका १४ विद्यालय छनोट भएका छन् ।
चालु आर्थिक वर्ष ०७९÷८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार मन्त्री स्तरिय निर्णयबाट गरिएको छनोटमा जिल्लाका एक दर्जन बढी विद्यालय छनोट् भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
छनोटमा परेका विद्यालयहरुमा कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तिय हस्तान्तरण हुने क्रममा रहेको जारी विज्ञप्तिमा भनिएको छ ।
जसमा गोकुलगंगा गाउँपालिकाका २, खाँडादेवी गाउँपालिकाका २, लिखु तामाकोशी गाउँपालिकाका २, रामेछाप नगरपालिकाका २, मन्थली नगरपालिकाका २, दोरम्बा शैलुङ् गाउँपालिकाका २ र सुनापति गाउँपालिकाका २ विद्यालय छनोट् भएको जारी सूचीमा उल्लेख छ ।
जिल्लाका ७ स्थानीय तहका १४ विद्यालय छनोटको सूचीमा पर्दा उमाकुण्ड गाउँपालिका भने देखिदैन् । जिल्लाको दुर्गम र शिक्षा क्षेत्रको स्तर उन्नती गर्नु पर्ने आवश्यक सो पालिकामा भने विद्यालय कुनै पनि छनोट् नभएका हुन् ।
छनोट हुने विद्यालय यी हुन् हेर्नुहोस् ।
देशभरी छनोट भएका विद्यालय यी हुन् ।