एकिकृत समाजवादीले गेलुमा भोजबहादुर कार्कीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गर्यो

| मंसिर ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (एस) मन्थली १२ गेलुको अध्यक्षमा भोजबहादुर कार्की  चयन भएका छन् । कार्कीको अध्यक्षतामा मंगलबार ३१ सदस्यीय वडा कमिटी गठन गरेको कार्यक्रममा सहभागी पत्रकार केलाश खत्रीले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार पार्टीको उपाध्यक्षमा लिलाबहादुर बुढाथोकी र सचिवमा ध्रुब भुजेलले जिम्मेवारी पाएका छन् । 


मंसिर १५ गतेभित्र आठ वटै पालिकाको वडा कमिटी गरिसक्ने निर्णय गरेको एसले संगठन विस्तारलाई तिब्र पारेको छ । 

 

पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज  देवशंकर पौडेल, होम बाहदुर बुढाथोकी केन्द्रीय सदस्य शान्ता पौडेल, जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत, प्रदेश कमिटीकी सदस्य जमुना खत्री, जिल्ला कमिटीका सदस्य दीपक बुढाथोकीको उपस्थितिमा समिति गठन गरेको हो । 


साथै समिति गठन कार्यक्रममा गुलेका कांग्रेस वडासभापति खिलेन्त्र खत्री, माओवादी केन्द्रका गेलुका वडा अध्यक्ष दीपक गम्भीरसिं अधिकारी, नेकपा कान्त्रिकारी माओवादी रामेछापका जिल्ला सदस्य विजय पौखरेल लगाएतले बोलेका थिए । 
 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार