रामेछापमा कांग्रेसको जागरणः गाउँ, टोलमा जनताको सेवा तथा संगठन विस्तार

| फागुन ८, २०७८ आइतबार

A A A
A A A

८ फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछापले गाउँ टोल अभियानसँगै पार्टीको आन्तरिक संगठन सुधारमा केन्द्रित बनेको छ । पछिल्लो केही दिन यता कांग्रेस रामेछापले निर्वाचनको मिति घोषणा भएपछि पार्टीलाई चलाएमान बनाउदै गाउँ,टोल अभियान थालेको छ । यसैसँग सम्बन्धित रहेर कांग्रेसले आन्तरिक बैठक, छलफल, शाखा, विभागहरु, गठन जिम्मेवारी तोक्ने, टोल कमिटी गठन विस्तार गर्दै आएको नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामी संगठन विस्तार र  टोल कमिटी गठनमा केन्द्रीत छौं । यो अभियान सकेपछि छलफल गरेर आगामी रणनीति र योजना तयार पारेर जनताको घरदैलोमा जान्छौं ।’


कांग्रेसले शनिबार मात्रै जिल्लाको उमाकुण्ड गाउँपालिकामा पालिका कांग्रेसको बैठक बसी निर्वाचन केन्द्रित गतिविधि अगाडि सार्ने निर्णय गरेको छ । त्यस्तै शनिबारै क्षेत्र नं २ को ‘ख’ को बैठक पार्टी कार्यालय मन्थलीमा बसेर विभिन्न विभाग तथा उपशाखा गठन गरेको प्रचारप्रसार विभागको जिम्मेवारी पाएकी ज्ञानु श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार बैठकले विधानअनुसार सभापतिले मनोनित गर्ने सदस्यसमेत मनोनित गरिएको छ ।


त्यस्तै शनिबार मन्थली नगरपालिका वडा नं १२ चनखुमा कांग्रेस सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहितका कांग्रेस नेताहरुको उपस्थितिमा भएको एक कार्यक्रममा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माओवादीसहित विभिन्न पार्टी परित्याग गर्दै ६३ जना कांग्रेस प्रवेश गरेका छन् । निर्वाचन नजिकिदै गर्दा कांग्रेस भित्रिनेको संख्या पनि बढिरहेको छ ।  ७२ औं प्रजातन्त्र दिवस तथा बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति तामाङ्ले ‘म, जे बोल्छु, त्यो गर्छु र जे गर्छु त्यही बोल्छु भने ।’

 

उनले कांग्रेसले आउदो निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा कांग्रेसले बहुमत ल्याउने बताए । कांग्रेस सभापति तामाङले विकास निर्माणको पक्षमा आफूहरुको भन्दै बोलेर र जनतालाई झुटो आश्वसन दिनु भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए । 


उता रामेछाप नगरपालिका वडा नं ३ साघुटारमा पनि कांग्रेस उपसभापति लेखबहादुर कार्कीको उपस्थितिमा भएको कार्यक्रममा वडाका दलित समुदायका घरपरिवारलाई आरण पेशा संचालको लागि अत्याधुनीक आरणका सामाग्री प्रदानसहित एक सय थाना प्लस्टिकका कुर्सी समेत स्थानीयलाई सहयोग गरिएको (नेविसंघ)का नेता युवराज सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए । साथै कांग्रेसका भातृसंस्थाहरुले पनि आफ्नो संगठन विस्तार तथा वडा वडामा आफ्ना गतिविधि बढाएका छन् । 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार