रिता माझीले गरिन् राप्रपा परित्यागकाे घाेषणा

२६ भदौ, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेतृ रिता माझीले पार्टी परित्यागकाे घाेषणा गरेकी छिन् । उनले राप्रपाकाे साधारण सदस्य समेत नरहने गरि पार्टी छाडेको बताएकि छन् ।
आइतबार राति ९ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारकी सांसद् समेत रहेकी माझी लामाे समयदेखि आबद्द पार्टी छाडेकाे घाेषणा गरेकी हुन् । अहिलेकाे अवस्थामा पार्टीले देशकाे आवश्यकता अनुसारको नचलेको, समय र परिस्थिति अनुसार चल्न नसकेको, साँघुरो साेच, ब्यवहार, अहंकार र कुण्ठाले भरिएको, पूर्वाग्रही बनेकाे दाबी गर्दै पार्टी छाडेको माझीले उल्लेख गरेकी छन् ।
साथै आफूले जनताकाे सेवा गर्नलाई नयाँबाटाे राेजेकाे रामेछाप टाइम्सलाई बताइन् । उनले अबकाे बाटाे `किलिएर´ भएको छ भनिन् । तर, कुन पार्टीमा जाेडिन लागेको बारेमा स्पष्ट खुलाइनन् ।
उनी गत प्रदेश र संघकाे निर्वाचनमा राप्रपाबाट प्रदेशमा समानुपातिकमा विजयी भएकी थिइन् । तत्कालीन समयमा उनी अध्यक्ष कमल थापा निकट् थिइन् । तर, थापाले पार्टी छाडेर राप्रपा नेपाल स्थापना गर्दा उनी राप्रपामै बसेकी थिइन् ।