रामेछापबाट निर्वाचित सांसद ‘कान्छाराम’ले भेटे प्रधानमन्त्री देउवालाई

१५ मंसिर, रामेछाप । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभा तर्फ पूर्व मन्त्री समेत रहेका एमालेका कैलाश ढुङ्गेललाई भारी मतले हराउँदै विजयी भएका तामाङले बिहीबार दिउँसो प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई भेटेको नेपाली काँग्रेस रामेछापको पार्टी क्षेत्र नं २ का क्षेत्रीय सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।
नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका तामाङ जिल्ला कार्यसमिति सदस्य सुरेश सुवेदी, क्षेत्र नं २ का क्षेत्रीय सभापति श्रेष्ठ र बागमती प्रदेश महाधिवेशन प्रतिनिधि सुजन ढुङ्गेलसहित बालुवाटार पुगेका हुन् ।
भेटमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना साटासाट हुनुका साथै रामेछापको निर्वाचनको समग्र विषय वस्तु बारे प्रधानमन्त्री देउवालाई जानकारी गराइएको श्रेष्ठले जानकारी दिए । गठबन्धनलाई निरन्तरता दिनू पर्नेमा जोड् दिँदै आएका सभापति तामाङ्को नेतृत्वमा जिल्लामा माओवादीसंगको तालमेलमा गठबन्धनले किल्न स्वीप गरेको छ । यहाँ संघ नेपाली कांग्रेसले पाउँदा प्रदेश भने माओवादी केन्द्रले पाएको छ ।
१४ औं महाँधिवेशनबाट जिल्ला पार्टी सभापतिमा निर्वाचित बनेका तामाङ्ले पछिल्लो समय जिल्लामा पार्टीलाई संगठित बनाउँदै लगेको, सक्रियता, चलाएमान बनाएको, वडा स्तर सम्म पार्टीको संगठन पुर्याएको जानकारहरु बताउँछन् ।
सांसद तामाङ चुनाव सकेर हिजो बुधवार काठमाडौँ गएका हुन् ।