आजदेखि अनेरास्ववियुको प्रथम अखिल महोत्सव तथा अधिवेशन :  नेतृत्वको लागि भट्टराई, खड्का र बोहोराको दाबी

| भदौ २९, २०८० शुक्रबार

अनेरास्ववियुको अध्यक्षको लागि दाबेदारहरु ।
A A A
A A A

२९ भदौ, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापको आज शुक्रवार देखि प्रथम अखिल महोत्सव तथा १३ औँ जिल्ला अधिवेशन सुरु गर्दै छ । 

 

शुक्रवार बिहान ११ बजे मन्थली स्थित तीनलाल पार्कको हलमा  केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यता र महासचिव नरेस रोका सहितको उपस्थितिमा अधिवेशन उद्घाटन गर्ने तयारी पूरा भएको संगठनका जिल्ला सचिव पुष्कर भट्टराईले रामेछाप टाइम्सलाई बताए । ‘११ बजे उद्घाटन हुँदै छ । आजै रातिबाट बन्द सत्र सुरु भएर भोलि सक्ने तयारी छ ।’

 

जिल्लामा पहिलो पटक हुन लागेको अखिल महोत्सवमा सांस्कृतिक कार्यक्रम, झाँकी पर्दशनी, विभिन्न विद्यालयका विद्यार्थीले निर्माण गरेका शैक्षिक सामाग्री पर्दशनी लगायतको कार्यक्रम हुने छ । 

आयोजक सहित करिब साँढे ५ सय जना विद्यार्थी नेताको सहभागिता हुने अधिवेशन सहितको अखिल महोत्सवको सबै तयारी पूरा भएको सचिव भट्टराईले जानकारी दिए । 

 

अनेरास्ववियुको जिल्ला अध्यक्षमा ३ जनाको दाबी

लामो समयपछि हुन लागेको अनेरास्ववियुको जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । जसको लागि तीन जनाले दाबी गरेको सचिव भट्टराईले बताए । 

 

उनका अनुसार वर्तमान समितिका संयोजक मदन खड्का, सह– संयोजक हिमाल बोहोरा र सचिव पुष्कर भट्टराईले अध्यक्षको दाबी गरेको चर्चा छ । 

 

‘संयोजक मदन खड्का, सहसंयोजक हिमाल बोहोरा र मेरो स्वाभाविक रूपमा दाबी रहन्छ । सकेसम्म पार्टी र संगठनले सहमतिको प्रयास गर्ने छ । सहमति नभएको खण्डमा मतदान नै हुन सक्छ ।’