भूमि समस्या समिति रामेछापको अध्यक्षमा नेपाली काँग्रेसका लामा नियुक्त
१ माघ, रामेछाप । भूमि समस्या समिति रामेछापको अध्यक्षमा रामेछाप दोरम्बा शैलुङ्गका गौतम लामा नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालको लागि भूमि समस्या समितिमा नियुक्त भएका हुन् । नेपाली काँग्रेसका नेता गौतम भूमि सम्बन्धी कार्यमा क्रियाशील छन् ।
सोमबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा जिल्ला अध्यक्षमा नियुक्त गरेको बुझिएको छ ।
गौतमलाई नियुक्त गरिएको पत्रमा भनिएको छ ‘भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम जिल्ला पदमा सोही आदेशको दफा ८ को उपदफा (३) बमोजिमको पदावधि कायम हुने गरी मन्त्रीस्तरको निर्णयअनुसार नियुक्ति गरिएको’ उल्लेख गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा यस अगाडि कै भूमि कार्यालयले समाधान गर्न लागेको समयमा भएको गठबन्धन परिवर्तन एवं सरकारको फेरबदलले आयोग नै खारेज गरेको थियो ।