नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन: खस्यो १७१३ मत, पार्टी कार्यालयमा गणना हुने

| असोज १३, २०८३ मंगलबार

A A A
A A A

१३ असोज, रामेछाप । रामेछापमा आज भएको नेपाली काँग्रेस रामेछापको १५ औँ महाधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भएको छ । केहीबेर अगाडि मतदान सम्पन्न भएको हो । 

 

६४ वटा वडा र ८ वटै पालिकाबाट छनोट भएका इकाई र पालिका सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरूले सोमबार जिल्ला निर्वाचन कार्यालय रामेछापले खुल्ला गरेको उम्मेद्वारी दर्तामा विभिन्न पदका लागि २३३ जनाले उम्मेद्वारी दिएपछि मंगलबार बिहानै ७ः३० बजेबाट मतदान सुरु भएको थियो । १७ सय ८५ जना मतदाता मध्ये १७ सत १३ जना मतदाताले मतदान गरेका हुन् । रामेछाप टाइम्सलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार मुचुल्का उठाएर प्याकिङ गरिएको र केही बेरमा पार्टी कार्यालय बिपि स्मृति भवन मन्थली भैशेश्वरमा मतगणना गर्न लाने तयारी भइरहेको छ ।

 

प्राप्त जानकारी अनुसार प्रदेश (क) तर्फ ८ सय ७२ मत, प्रदेश (ख) तर्फ ८४१ मत खसेको छ ।    

 

रामेछापको नेपाली काँग्रेस निर्वाचनमा विशेष महाधिवेशन पछि असन्तुष्ट हुँदै आएका केही नेताहरू पनि मतदान स्थलमा देखिएका छन् । उनीहरू मेध्य केहीले मतदानमा नै सहभागिता जनाएका छन् । 

 

आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै लागेको नेपाली काँग्रेस महाधिवेशनले रामेछापको मन्थलीमा रौनक थपेको छ । पार्टीका कार्यकर्ता मात्रै नभएर १५ औँ महाधिवेशनको  चपेटाले मन्थलीका व्यवसायीलाई पनि व्यस्त बनाएको छ ।