पत्रकार हिमाल ढुङ्गेल र संचारकर्मी हायु नगदसहित सम्मानित

| भदौ २२, २०८३ सोमबार

A A A
A A A

२२ भदौ, रामेछाप । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले दुई जना पत्रकारलाई सम्मान गरेको छ । नगद ५ हजार र १० हजारसहित दोसल्ला ओढाएर पत्रकार हिमाल ढुङ्गेल र सञ्चारकर्मी ललिता हायुलाई सम्मान प्रदान गरिएको हो । 
 

सोमबार बिहान एक कार्यक्रम आयोजना गरी (फोनिज) रामेछापले विगत देखि वितरण गर्दै आएको एक जना आदिवासी जनजाति पत्रकार र एक जना खुल्ला गरी दुई जना पत्रकारलाई पुरस्कार प्रदान गरेको हो । विगत लामो समयदेखि खोज पत्रकारिता मार्फत योगदान पुर्‍याएको भन्दै जिल्लाका अग्रज पत्रकार ढुङ्गेल र गोर्खा पत्र जस्तो प्रतिष्ठित पत्रिकामा हायु जातिको समाचारको सम्पादकीय भूमिकामा पुगेर कार्य गर्न सफल भएको भन्दै हजुरको रेडियोमा कार्यरत हायुलाई जनजाति पत्रकारिता पुरस्कार प्रदान गरेको हो । हायुलाई जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
 

नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष समेत रहेका ढुङ्गेल नेपाल टेलिभिजन र हिमालय टाइम्समा जिल्ला संवाददाताको रूपमा लामो समय देखि कार्यरत रहेका छन् । पत्रकारद्वय ढुङ्गेल र हायुलाई मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नगदसहित प्रमाणपत्र प्रदान गरेका हुन् । 
 

फोनिज रामेछापले पत्रकार सुमित श्रेष्ठले स्थापना गरेको अक्षयकोषबाट प्रत्येक वर्ष दुई जना पत्रकारलाई प्रोत्साहन गर्न सम्मान गर्दै आएको छ। 

रामेछाप टाइम्स
| भदौ २१, २०८३ आइतबार