पर्सी सोमबार कमल थापा रामेछाप आउने

| चैत १९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१९ चैत, रामेछाप । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा रामेछाप आउने भएका छन् । 

 

राप्रपा नेपालको जिल्ला पार्टी कार्यालय उद्घाटन तथा पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न  चैत २१ गते पर्सी सोमबार रामेछापको सदरमुकाम मन्थली आउन लागेको पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य चन्द्र माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

 

उनका अनुसार पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले यसअगाडि गठित रामचन्द्र कंडेल नेतृत्वको जिल्ला कार्यसमितिलाई  घोषणा गर्ने छन् । त्यस्तै कंडेलको घरमा पार्टी कार्यालय उद्घाटन गर्ने छन् । 

 

साथै सोमबार बिहान १२ बजे उनले भूतपूर्व सैनिकको हलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । 

 

थापासँगै पार्टीका महामन्त्री राजाराम बर्तौला पनि आउने तयारी रहेको सदस्य माझीले बताए । 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार