रामेछापका ‘सिडिओ’ शोभाखर रेग्मी हाजिर भए

| असोज १२, २०७९ बुधबार

सिडिओ शोभाखर रेग्मी ।
A A A
A A A

१२ असोज, रामेछाप । रामेछापमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा शोभाखर रेग्मी आएका छन् । यसअगाडिका (सिडिओ) दीपक पहाडी सुरुवा भएर महोत्तरी जिल्ला गएसँगै जिल्लामा गृह मन्त्रालयमा कार्यरत उपसचिव रेग्मी आएका हुन् । 

 

 

उनले बुधबारदेखि (प्रजिअ) को रुपमा हाजिर गरेको प्रशासनका ना.सु. लक्ष्मण भुजेलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘उहाँले हाजिर गर्नु भयो । माथि मन्त्रालयमा विशेष काम परेकाले आज काठमाडौंनै जानु भयो ।’

 

आउँदो मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई सफल पर्ने जिम्मेवारीका साथ रेग्मी आएका हुन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लाका केही स्थानीय तहमा गोली चलेको थियो ।

 

त्यस्तै केही मतदान केन्द्रमा मतदान रोकिएको थियो । ९४ वटा मतदान केन्द्र रहेका थिए यो पटक थप ४ वटा थप भएको छ ।