रामेछाप बाम्तिभण्डारका पासाङ लामाले रसुवा बाढी पीडितलाई गरे १ करोड बढी आर्थिक सहयोग

| भदौ १९, २०८३ शुक्रबार

तस्बिर स्रोत साम्तेन शेर्पा ।
A A A
A A A

१९ भदौ, रामेछाप । रसुवा बाढी पीडितको लागि रामेछापको बाम्तिभण्डार घर भई अमेरिका बस्दै आएका पासाङ लामाले रु १ करोड बढी आर्थिक सहयोग उपलब्ध गरेका छन् । देश र जनतालाई परेको पीडामा मलह्म लगाउने उद्देश्य अनुसार लामाले लामा फाउन्डेसनको मार्फत एक करोड सात हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका उनी निकटका साम्तेन शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार लामा (शेर्पा) लामो समय देखि रोजगारीको शिलशिलामा (निवासी) अमेरिका बस्दै आएका छन् । देश भन्दा बाहिर रहेर पनि देशलाई आइपर्ने यस्ता विपद् जन्य घटनामा सँगै रहेको भनी उच्च मानवीय संवेदन व्यक्त गर्दै लाङटाङ हिमालको हिम पहिरोबाट सिर्जित भोटेकोशी बाढी प्रभावितलाई आर्थिक सहयोग स्वरूप १ करोड रुपैयाँ नेपालका लागि अमेरिका दूतावासलाई हस्तान्तरण गरेका हुन् । 


उमाकुण्ड गाउँपालिका वडा नं २, बाम्तीभण्डारको सेर्दुगाउमा जन्मेका लामा अमेरिकामा सफल व्यवसायी, समाजसेवी र मोटिभेस्नल स्पिकर समेत हुन् । २०७२ को महाभूकम्पका पीडित परिवारलाई पनि ठुलो आर्थिक एवं भौतिक सहयोग प्रदान गरेका लामाले सरकारले एकद्वार प्रणाली मार्फत रसुवा बाढीपीडितलाई सहयोग दिने निर्णयको प्रशंसा व्यक्त गर्दै कोष रकम जम्मा गराएका हुन् । 

 

गएको भदौ १० गते अच्चानक भोटेकोशीमा आएको भिषण बाढीका कारण देश पीडामा परेको छ । प्रभावीत रसुवा, धादिङ र नुवाकोट तीन जिल्लाका पीडितहरुको उद्दार र राहत वितरण मार्फत संरक्षण भइरहेको छ।