काँग्रेस रामेछापले कारबाहीमा परेका र निर्वाचनमा असहयोग गर्ने पार्टी सदस्यलाई भन्यो ‘पुरानै घर फर्किनुहोस् तपाई जिम्मेवारी दिन्छौँ’

| जेठ १९, २०८० शुक्रबार

विपी स्मृति भवन मन्थली, फाइल फोटो ।
A A A
A A A

१९ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले पार्टीको कारबाहीमा परेर वा पार्टीमा निष्क्रिय भएर बसेकालाई अलमलमा बसेकालाई पार्टीमा पुनः फर्किन आह्वान गरेको छ । यसरी फर्किनेलाई तत्कालीन जिम्मेवारी समेत फर्काउने काँग्रेस रामेछापको भनाई छ । 

 

पार्टी सचिव दीपक खड्काले बिहीबार एक पत्र जारी गर्दै भनेका छन् ‘२०७९ साल वैशाख ३० को स्थानीय तह र २०७९ मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको विभिन्न कारण पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र वा अन्य कुनै पार्टीमा गई उम्मेदवार बनेका अर्थात् अन्य उम्मेदवारलाई सहयोग गरी हाल सम्म पनि काङ्ग्रेसबाट विचलित अवस्थामा रहनुभएका,  जिल्लाको १४ औँ जिल्ला अधिवेशनबाट तपाईँले प्राप्त गर्नु भएको जिम्मेवारीलाई पुनः क्रियाशील रहने गरी तपाईँले सोही जिम्मेवारीको भूमिका निर्वाह गर्न पाउनुहुने छ’, उल्लेख छ । 

 

बिहीवारदेखिनै गरिएको कारबाही समेत पार्टीले फुकुवा गर्न थालेको छ । बिहीवार मन्थली १३ फुलासीका तत्कालिन पार्टी सभापति ओमकार अधिकारीको कारबाही फुकुवार गर्दै पुनः सभापतिको जिम्मेवारी समेत दिएको थियो ।

 

सचिव खड्काले विगतका असन्तुष्टीहरुलाई भुलेर पुरानै घर फर्किनु आह्वान गरेका हुन्  ।

 

आह्वान पत्र हेर्नुहोस् ।