नेपाली काँग्रेस १५ औँ महाधिवेशन : यी हुन रामेछापका ६४ वटै वडाका सभापतिहरू (नामावलीसहित)

| असोज ६, २०८३ मंगलबार

A A A
A A A

०६ असोज, रामेछाप । १५ औँ महाधिवेशनमा होमिएको नेपाली काँग्रेस रामेछाप ६४ वटै वडामा अधिवेशन सकेर नगर तथा पालिका अधिवेशनमा जुटेको छ । वडा तहमा हर्ष उल्लास पूर्ण तरिकाले अधिवेशन सम्पन्न भएपछि पालिका तथा नगरमा नेतृत्व टुङ्गो लगाएर प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदै विधानतः प्रदेश प्रतिनिधि तथा सङ्घीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने काँग्रेसले वडा तहमा सकेको अधिवेशनबाट हौसिएको देखिन्छ । गएको शनिवार र आइतबार दुई दिनमा रामेछापका काँग्रेसले वडा तहमा पार्टीको वडा कार्यसमिति टुङ्गो लगाएको हो । 

 

वडा तहमा सम्पन्न अधिवेशनबाट वडा कार्यसमितिसँगै विधानको व्यवस्था बमोजिम १७ सय भन्दा बढी प्रतिनिधिहरू वडामा कायम भएको क्रियाशील सदस्यबाट छनोट भएका छन् । अब उनीहरू क्षेत्रीय सभा, जिल्ला, प्रदेश र संघीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने छन् । 

 

केन्द्रमा विशेष महाधिवेशन पछि गगन थापाको नेतृत्वमा आएको संस्थापन पक्ष र पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समूहको इतर पक्षको असहमतिका बिच तल्लो तहमा शान्तिपूर्ण र सर्व सहमतिमा नेतृत्व टुङ्ग्याउन सफल भएपछि कार्यकर्तामा जोस देखिएको राजनीतिक जानकारहरू बताउँछन् । ‘लामो समय देखि निष्क्रिय बनेका संगठनह काम गर्ने जोस र जाँगरसहित उत्साहित भएको पाएँ’ पूर्व शिक्षक समेत रहेका शिक्षक नेता रामचन्द्र अधिकारीले भने । 

 

यो अधिवेशनबाट नेपाली काँग्रेस रामेछापमा मिश्रित किसिमको प्रतिनिधित्व बढाएको सुनाउँदै पार्टीको प्रचारप्रसार शाखा प्रमुख समेत रहेका पत्रकार हिमाल ढुङ्गेलले बुढा देखि जेन्जीसम्म काँग्रेसको नेतृत्व तहमा सामेल हुने आकर्षण बढेको धारणा राखे । ‘बुढाहरूले यो अधिवेशनलाई अन्तिम अवसरका रूपमा’ लिएको देखे र जेन्जी युवाहरूको पनि पार्टीको महाधिवेशन लड्न तयार भएको पाएँ, पत्रकार ढुङ्गेलले भने ।


वडा तहको अधिवेशनमा खटिँदा कतिपय नेता कार्यकर्तामा केन्द्रको ‘विरोधको’ ठुलै प्रभाव पर्ने आङ्कलन चिर्दै कार्यकर्ता पार्टीलाई पुस्तान्तरण गरी नयाँ नेतृत्वसहित अगाडि बढाउनु पर्ने निर्णयमा पुग्दा संस्थापन पक्षलाई फाइदा पुगेको हो। 

 

केन्द्रीय कार्य समितिको निर्देशनपछि ७७ वटै जिल्लाका वडाहरूमा अधिवेशन गरी तल्लो तहबाट पार्टीको संगठनलाई नयाँ नेतृत्वसहित सङ्गठित र सुध्रिएको काँग्रेसको रूपमा प्रस्तुत हुँदा रामेछापमा ६४ वटै वडामा सर्व सहमतिमै नेतृत्व टुङ्गो लगाएको नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले रामेछाप टाइम्सलाई जानकारी दिए । ६४ वटै वडामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै कार्यवाहक सभापति थोकरले भने ‘लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात् गर्दै वडा अधिवेशन सम्पन्न हुनु नै कार्यकर्ताको चाहना पूरा भएको रूपमा अर्थ्याए । उनले भने ‘सक्रिय सहभागिता प्रति हार्दिक आभार’, नेपाली काँग्रेसलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनेको उनको दाबी छ । 

 

कार्यबहाक सभापति थोकरले वडा अधिवेशन जस्तै पालिका र नगरको नेतृत्व पनि सर्व सहमतिकै आधारमा टुङ्गो लाग्ने विश्वास व्यक्त गर्दै बुधवार जिल्लाका ८ वटै पालिकामा नयाँ नेतृत्व आउने विश्वास व्यक्त गरे । 

 

यी हुन् रामेछापको ६४ वटै वडाका नेपाली काँग्रेस सभापतिहरू