गुन्सीमा ‘कृष्ण मन्दिर’ उद्घाटन्

| भदौ २१, २०८० बिहिबार

A A A
A A A

२१ भदौ,रामेछाप । श्रीकृष्ण जन्म अष्ठामीको अवसर पारेर गुन्सीमा कृष्ण मन्दिर उद्धघाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले मन्दिरको उद्घाटन गरेको सोही वडाका अध्यक्ष ध्रुव चौलागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘पालिका अध्यक्षले श्रीकृष्ण जन्मअष्ठमीको अवसरमा पालिकाको लागतमा बनेको मन्दिर उद्घाटन गर्नू भयो ।’

 

वडा नं १ गुन्सीको अर्चलेको चौरमा पालिकाको गत आर्थिक वर्ष २०७९/०८० को ५ लाख लागतमा बनेको मन्दिर उपाध्यक्ष गीता विष्ट र वडा अध्यक्ष चौलागाई सहितको उपस्थितिमा उद्धघाटन गरिएको वडा अध्यक्ष चौलागाईले जानकारी दिए । 

पालिकाको ५ लाख लागतमा बनेको उक्त मन्दिरमा नेपाली काँग्रेस रामेछापका आमन्त्रित सदस्य खनियापानी निवासी रमेश खड्काले राधाकृष्णको मूर्ति, गजुर र घण्टी सहयोग गरेको अध्यक्ष चौलागाईले जानकारी दिए । उनले अनुदानमा उक्त मन्दिरका सामाग्री प्रदान गरेका हुन् ।

 

बुधवार श्रीकृष्ण जन्मअष्ठमी देशव्यापी रूपमा भव्यताको साथ मनाइएको थियो । गाउँमा मन्दिर उद्घाटन भएपछि मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको थियो । 

तस्बिर ध्रुब चौलागाई ।