आदिवासी जनजातीको भाषा, धर्म, संस्कृती धर्म परिर्वतनले लोप भए, रोक्ने सक्ने बजेट ल्याउनु पर्छ- सांसद माझी

| जेठ २९, २०७८ शनिबार

A A A
A A A

२९ जेठ, रामेछाप । बागमती प्रदेशकी सांसद् रिता माझीले धर्म परिवर्तन रोक्ने कार्यक्रम ल्याउन प्रदेश सरकारसंग माग गरेकी छिन् । 

 

प्रदेशको  नीति तथा कार्याक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भनिन्बा-'गमती सबै भन्दै धेरै आदिवासी जनजातीको बसोबास हुने स्थान हो । यो ठाउँको आदिवासी जनजातीको भाषा, धर्म, संस्कार र संकृती धर्म परिवर्तनले लोप भैसेको अवस्था छ । यो भाषा,धर्मको संरक्षण, प्रवर्द गर्न सकेनौ भने हामी पहिचान बिनाको आदिवासी जनजाती हुने छौं ।'

 

 

धर्म परिवर्तनले आदिवासीको भाषा,धर्म र संस्कृती खाईसकेको उनको दाबी छ । उनले आउदो बजेटमा आदिवासीहरुको भाषा,धर्म र संस्कृतीको संरक्षण गर्ने बजेको ब्यवस्था गर्ने माग गरेकी हुन् । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद माझीले धर्म परिवर्तन रोक्नको लागि विशेष कार्यक्रम संचालन गरिनु पर्ने बताइन्।  सांसद माझीले खोपको नीति ल्याए पनि कहिले ल्याउने, कति ल्याउने निर्क्यौल गरि समयमा टुङ्गो लगाउनु पर्ने बताइन् । 

 

उनले जलविद्युतबाट विस्थापित हुने माझी लगायत समुदायको संरक्षण हुने गरि प्रतिबद्धतासहित कम क्षतिमा कार्य गर्न समेत माग गरिन्।

भिडिओ

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार