काँग्रेस नेता एवं क्षेत्रीय सभापति खड्काले विद्यार्थीलाई दिए ‘न्यानो कपडा’

| मंसिर १९, २०८० बुधबार

A A A
A A A

२० मंसिर, रामेछाप । नेपाली काँग्रेसका क्षेत्रीय सभापति निरोज खड्काले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । साथै काँग्रेसका अर्का नेताले नगद समेत सहयोग हस्तान्तरण गरेका छन् । 

 

मंगलबार लिखु तामाकोशी गाउँपालिका वडा नं–४ रात्माटा स्थित  श्री गैयाश्वरी आधारभूत विद्यालयका १ कक्षादेखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको सोही पालिकाका युवा नेता एवं १ नं क्षेत्रीय सभापति खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

कोरोना महामारी लगायतको बेलामा विपद्मा परेकाहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा करडौं मूल्यको खाद्यान्न राहत वितरण गरेका काँग्रेस नेता खड्काले जाडो बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयका बालबालिकालाई व्यक्तिगत खर्चमा स्विटर, टोपी, जुत्ता, मोजा लगायतका ‘न्यानो कपडा’ प्रदान गरेको बताएका हुन् । 

मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिबिक्रम महतको अध्यक्षता र वडा अध्यक्ष दीपक पुलामी मगरसहितको उपस्थितिमा एक कार्यक्रमका बिच ‘न्यानो कपडा’ हस्तान्तरण गरिएको सभापति खड्काले बताए । 

 

सोही कार्यक्रमको अवसरमा नेपाली काँग्रेस रामेछापका युवा नेता तथा जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र खड्काले व्यक्तिगत तर्फबाट विद्यालयलाई रु २० हजार आर्थिक सहयोग प्रदान गरे । साथै उनले तत्काल ४ कोठे भवनको बनाउनको लागि पहल गर्ने समेत बचन दिएको (विव्यस) समितिका अध्यक्ष महतले जानकारी दिए ।

 

तस्बिर निरोज खड्का ।