रामेछाप र दोलाखाका कृषकहरूलाई परियोजना कार्यान्वयन इकाइले दियो ‘ब्राण्डिङ र कृषि बिमा’ बारे अभिमुखीकरण (भिडिओसहित)

| बैशाख २८, २०८१ शुक्रबार

A A A
A A A

२७ वैशाख, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप र दोलखाका कृषकहरूलाई एक दिने ‘ब्राण्डिङ र बिमा’ सम्बन्धि अभिमुखीकरण गराएको छ । यो अभिमुखीकरणबाट प्रेरित भएर कृषकहरूले आफूले उत्पादन गरेको कृषि उपज र पशुपंक्षिहरुको बजारीकरणको लागि सहजता महसुस गर्ने परियोजनाले विश्वास लिएको बताएको छ । 

 

बिहीबार मन्थलीमा आफ्नो कार्यक्षेत्रका कृषकहरूसँग परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाले गैरेले काठमाडौँ महानगरमा ‘स्मार्ट सिटी विज्ञ’ को रूपमा काम गर्दै आएका विज्ञान घिमिरेबाट उत्पादित कृषि उपजहरूको ‘ब्राण्डिङ’ बारे अभिमुखीकरण गराएका हुन् । 

 

रामेछाप र दोलखाका व्यवसायीक एवं ठुलो परिमाणमा कृषि कर्म गर्दै आएका कृषकहरू, कृषि फार्म, कृषि सहकारी, उद्यमीहरूलाई एकै ठाउँमा भेला गर्दै परियोजनाले गरेको गोष्ठीमा बोल्दै प्रविधिको प्रयोगलाई सहजताको साथ बढवा दिनु आवश्यक रहेको विज्ञ घिमिरेले बताए । 

 

उनले कृषकले उत्पादन गरेका आलु, किवी, जुनार, सुन्तला, अनार, कागती जस्ता सबै प्रकारका फलफूलमा आफ्नै स्वामित्व एवं पहिचान दिएर ब्राण्डिङ गर्न सके आम्दानीसँगै बजारीकरणमा टेवा पुग्ने भन्दै भने ‘हामीले आफ्नो उत्पादनमा कुनै पनि पहिचान दिन सक्यौँ भने त्यो वस्तु विश्व बजारमा पुर्‍याउँदा पनि त्यसको बजारीकरणमा कुनै समस्या पर्दैन । र, त्यो हाम्रो प्रोडक्ट हो भनेर उपभोक्ताले पनि सहजै थाहा पाउन सक्छन्, जुन आजको आवश्यकता हो ।’

 

लामो समयदेखि कृषि कर्ममा रमाउँदै आएका किसानहरूलाई प्रोत्साहन गर्दै प्रशिक्षक घिमिरेले थपे ‘हाम्रो उत्पादनको ‘ब्राण्डिङ’ गर्न सक्यौँ भने उपभोक्ताले हाम्रो वस्तुको बारेमा जानकारी पनि पाउँछन् । र, सधैँ भरी खरिदको लागि पनि तयार हुन्छन् ।’

 

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोगलाई जोड्नू अति नै आवश्यकता रहेको उल्लेख गर्दै जिल्लामा उत्पादित वस्तुमा कूआर कोड राखेर उत्पादित वस्तुको ब्राण्डिङ गर्न सकिने योजना सुनाए । प्रविधिको क्षेत्रबाटै आफूहरूले काम गरिरहेको उल्लेख गर्दै घिमिरेले थोरै लागतमा राम्रो आम्दानी र वस्तुको पहिचान दिन सकिने जिकिर गरे । 

 

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा भएको सो गोष्ठी एवं अभिमुखीकरणमा मन्थलीबाट पशुपन्छी, बालीनाली, फलफूलको बिमा गर्दै आएका इन्स्योरेन्स कम्पनीका मनोज धमलाले फलफूल र बालीनालीको बिमा, बिमा अवधि, लाग्ने शुल्क, अनुदान र यसको व्यवस्थापनका बारेमा किसानहरूलाई सचेत गराएका थिए । 

 

इन्स्योरेसन् कम्पनीले आगामी दिनमा सबै पालिका पालिका पुगेर किसानहरूलाई बिमामा जोड्ने आफूहरूको पनि उद्देश्य रहेको प्रस्ट्याउँदै धमलाले किसानसँग जोडिएर काम गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

 

जिल्लाका आठ वटै स्थानीय तहबाट उत्पादित कृषि उत्पादनहरूको बजारीकरणमा चासो राख्दै विक्री वितरण समेत गर्दै आएका स्थानीय बिपिन भट्टराईले बजारीकरणको लागि काठमाडौँ केन्द्रित हुन छोडेर तराईका जिल्ला हुँदै भारतका केही प्रदेशमा यहाँको उत्पादन विक्री गर्न जोड् दिए । उनले ८० प्रतिशत तराई र २० प्रतिशत काठमाडौँ केन्द्रित व्यापार गर्न सके रामेछापको उत्पादनले राम्रो बजार पाउने दाबी गरे । 

 

किसानहरू सचेत हुनु पर्नेमा जोड् दिएका भट्टराईले बेमौसमी बिक्री वितरण गर्न सके वस्तुको खपत र मूल्य राम्रो पाउने दाबी गरे । 

 

भिडिओमा हेर्नुहोस् परियोजना कार्यान्वय इकाइका प्रमुख थिरलाल गैरेले के-के भने ?

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));